• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

तराईमा पनि रूद्राक्षको विरूवा व्यवसायीक खेती हुने सम्भावना।

नेपाल पोस्ट दैनिक
    September 13, 2020  मा प्रकाशित

Spread the love
      

चन्द्रौटा २८ भदौ । शिवराज नगरपालिका वडा न १ नयाँ वस्ती निवासी देवराज ढुङ्गानाले ४ वर्ष पहिला भारत वाट २ वटा विरुवा ल्याई घरको आगनमा लगाएका थिए । पहिलो वर्ष ५ वटा दाना लागेको थियो भने अहिले हजारो दाना गाछीमा लागेको देखना सकिन्छ ।

धैरे व्यक्तिहरु घरमा आएर रुद्राक्ष मागेर लाने गरेको ढुङ्गानाले बताए । समुन्द्रि सतह देखि ८०० मिटर भन्दा माथी १००० मिटर सम्म राम्रो लाना लाग्ने यसका पारखीहरुले बताउने गरेका र रुद्राक्षका काठ देखि सबै काम लाग्ने ढुङ्गानेले बताए ।

तराईको ठाँउमा रुद्राक्षको व्यवसायीक खेती हुन सक्ने विरुवा हुरकेको देखेर ढुङ्गाना खुसि भएका छन् । थाह पाएका व्यक्तिहरुले के कामको लागि लाने गरेको जिज्ञासा राख्दा कसैले माला बनाउना कसैले आफनो बाइकमा बाधे शुभ हुन्छ भनेर लगेको वहाँ कि श्रीमती कमला ढुङ्गानाले बताइन् ।

रुद्राक्षको ’bout बताउदै स्थानिय देवराज ढुङ्गाना र गाछी वाट खसेको रुद्राक्ष

नेपालमा रुद्राक्ष पाइने ठाँउ यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । नेपालको पूर्वी भाग खासगरी अरुण उपत्यका क्षेत्रमा दाना पनि भनिन्छ । रुद्राक्षको बोदानिकल नाम इलाइयोकार्पस् जेनिटर्स रोक्स्ब हो भने अंग्रजी नाम अट्राजुम विड ट्रि हो । चीनमा यसलाइ चिड. काङ्क फु थी भनिन्छ ।

रुद्राक्ष एकै बोटमा एकपटक फल दाग्दा विभिन्न मुख ,आकार र विभिन्न नापका दानाहरु पल्दछन् । यसको दानामा माथिबाट तल झरेको प्रष्ट देखिन भर्टिकल रेखाहरु हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ । जति मुख हुन्छन् त्यति नै मुखे भनेर चिनिन्छ ।

विभिन्न पौराणिक पुस्तकहरुमा एक देखी १४ मुखे सम्मका रुद्राक्ष पाइन्छ भनिएको भएपनि नेपालमा हालसम्म ३८ मुख सम्मको रुद्राक्ष पाइएको छ । यसको मुखको आधारमा धार्मिक, आध्यात्मीक तथा औषधिय र आर्थिक महत्व फरक फरक पर्न जान्छ । यसरी विभिन्न मुखे रुद्राक्षको अतिरिक्त गौरीशंकर वा ज्वाला(दुइ वटा जोडिएको),त्रिपाठ वा त्रिजुटी(तिन वटा जोडिएको) गर्भगौर,सवार जस्ता दानाहरु पाइन्छन् ।
गाछी( रुख)मा फलेको रुद्राक्ष
यस्ता दानाहरु दुर्लभ र महंगा पनि हुन्छन् । एक मुखे दानालाई शिवको अवतार मानिन्छ र यसलाई रुद्राक्षको शिरोमणी पनि मानिन्छ ।विभिन्न रुखमा फलेका दानाहरुबाट एकै रड. र साइजका छानेर माला बनाइन्छ । रुद्राक्षका १०८ वटा दानाहरुबाट बनाएको मालालाई पूर्णमाला,५४ वटाबाट बनाइएकोलाइ अर्धमाला र २७ वटाबाट बनाईएकोलाई नक्षत्रमाला भनिन्छ । यस्ता मालाको केन्द्रमा एउटा अलि ठूलो दाना राखिएको हुन्छ ।यसलाई सुमेरुदाना भनिन्छ । २१ मुखे दानालाई सुमेरु बनाइ तयार गरिएको मालालाई इन्द्रमाला भनिन्छ । जप गर्दा गणना गरिने मन्त्रका लागि यी मालाहरुको प्रयोग गरिन्छ । रुद्राक्षलाई पृथ्वी र स्वर्ग जोड्नने र मानिस र देवता जोड्ने पवित्र साधनका रुपमा लिइन्छ । एकमुखे रुद्राक्षको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिएको हो ।

विश्वासगर्नेहरुका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यस’bout उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख गरिएको छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्रि, पूणिर्मा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
रुद्राक्षको दाना र यसका वोक्रामा विभिन्न रोग निको पार्न सक्ने दिव्य औषधीय तत्वहरु रहेको हुन्छन् । आयुर्वेद अनुसार दानाकोबोक्रा मधुमेह,उच्च तथा निम्न रत्तचाप,अल्सर अगायतका रोगका लागि राम्रो औषधि मानिन्छ । रुद्राक्ष डुबाएर बनाएको रुद्राक्ष पानी पनि बिभिन्न रोगका लागि उपयोगि मानिन्छ । खासगरी पेटको रोग,पुरानो घाउहरु,रत्तचाप,मधुमेहका लागि रुद्राक्ष पानी को प्रयोग गरिन्छ । मानिसको पुराना र निको हुन नसकेको घाउ खटिरामा राम्ररी पाकेको ,नकुहिएको र नमक्काएको सफा र गहकिलो दाना घोटेर यसको लेप बनाएर लगाएमा यस्ता घाउहरु चाडै निको हुन्छन् । त्यसैगरि कुकुर विराला तथा गाइ बस्तुहरुको खुर कुहिने , जोड्नी तथा खुट्टाहरुमा घाउ खटिरा आएमा यसको लेपलगाएर कपडाले बाधिदिए चाडै निको हुन्छ । थेरापी तथा अक्युपञ्चरजन्य प्रयोगका लागि सोफासेट,सवारी साधानकासिटकभर,सिरानी,तन्या,मेडिटेसन म्याट जस्ता सामानहरु बनाएर समेत प्रयोग गर्न थालीएको छ । रुद्राक्षको धारण र प्रयोगले मानिसमा आत्मशक्ति बढाउने र दुस्प्रभावहरु हटाउने विश्वास समेत गरिन्छ । अन्य धेरै खाले रोगको उपचारमा रुद्राक्षको प्रयोग भइरहेको पाइन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑