नरेन्द्र महताे मोहोतरी गाैशाला २५ श्रावण –
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा लकडाउन हुने भएको छ । विश्वभरि कोरोना भाइरसको संक्रमण जोखिम बढेपछि महोत्तरीको गौशालामा आईतवार राती ११ बजेदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरिएको गाैशाला नगरपालिका उप प्रमुख अाशा लामाले जनकारि दिईन।समुदाय स्तरमै कोरोना संक्रमण फैलिने जोखिम बढेपछि गौशाला नगरपालिकाले आईतवार राती ११ बजेदेखि लागू हुने गरी साउन ३१ गते राती ११ बजेसम्मका लागि गौशालामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छन।कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न गौशालामा लकडाउन भित्र औषधी पसल र स्वास्थ्य चौकी बाहेक हाटबजार, पसल, बैंक, वित्तीय संस्था, सवारी साधन सबै बन्द गर्ने निर्णय गरिएकाे छ । लकडाउनकाे अवधी भित्र बाहिरी आउ जाउको चक्र बन्द गरेर समुदायमा संक्रमणको अवस्था बुझ्न गौशाला उद्योग वाणिज्य संघको समन्वयमा पीसीआर प्रविधीबाट कोरोना परीक्षणको दायरा तीव्र गतिमा बढाउने निर्णय भएको लामा ले जनाईन।
