कृष्णा यादब ,बिरगंज समाचारदाता, असार २२ – जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले अबैध लागु औषध गाँजा सहित एक जना लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाटखटिएको क्राईम प्रहरीको टोलीले जिल्ला पर्सा पटेर्वासुगौलि गाउँपालिका वडा नं १ सोन्बार्स स्थित सदै मियाको घरमा लुकाई छिपाई राखेको अबैध लागू औषध २३ किलो गाँजा सहित एक जनालाई पक्राउ गरिएको पर्सा प्रहरी उपरीक्षक पन्तले बताउनुभयो।
उक्त पक्राउ परेको अबैध गाँजा सहित जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वाडा नं १ बर्ष २८ को किसुन मण्डललाई सदै मियाको घरबाट नियन्त्रणमा लिएको हो ।
लकडाउनको मौका छोपी तस्करहरुले पर्साको विभिन्न नाका बाट अबैध लागु अौषध नेपालबाट भारत र भारत बाट नेपाल ल्याउने विशेष सुराकीको अधारमा सुचना पाएपछि पर्साको क्राईम टोलिको प्रहरी निरीक्षक रबिभुषण यादबको सक्रियतामा धमाधम एकपछी अर्को अबैध लागु औषध र तस्करी को समान पक्राउ गर्ना लागेको पर्सा प्रहरीले बताएको छ।
पक्राउ परेको किसुन मण्डललाई पर्सा प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो।
