रौतहट १५ असार। बिश्वमा कोरोना भाईरस फैलिएका कारण नेपालका बिभिन्न ठाउँ मधे रौतहटमा कोरोना भाईरसबाट प्रथम युवा मृत्यु भएको छ ।
मृत्यु भएका युवा २९ बर्षीयको फतुवा ७ विजयपुरको हो।
युवालाई ललितपुर स्थित रहेको स्टार अस्पतालमा उपचार भईरहेको क्रममै गएराती मृत्यु भएको कोरोना बाट अस्पतालले पुष्टि गरेको छ।
नगर स्वास्थ सह फतुवा विजयपुर को प्रभु पटेलका अनुसार लामोसमय देखि हृदय रोगबाट ग्रसित ती युवकलाई केही दिन अघि उपचारको लागि वीरगंजस्थित नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियोे ।
बीरगंजको अस्पतालमा उनको स्वास्थ्यमा सुधार नआएपछि गत शुक्रबार राति एम्बुलेन्सबाट ललितपुर स्थित रहेका स्टार अस्पतालमा पठाएको थियो। मृतक युवालाई एरिक अस्पतालमा नभई वीर अस्पतालमा पनि केही महिनाअघि भर्ना गरिएको फतुवा विजयपुरको नगर स्वास्थ्य सह-संयोजक पटेलले बताए ।
मृतक परिवारका सम्पुर्ण सदस्य र एम्बुलेन्स चालक सहितलाई फतुवा विजयपुर स्थित क्वारेन्टाइनमा राखिएको छ।
आईतबार सम्म रौतहटमा कोरोना संक्रमितको संख्या एघार सय ८९ पुगेको थियो। भने रौतहटमा कोरोना जितेर निको भई घर फर्किएको संख्या ७ सय ७१ रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो।
