पर्सा ०७ असार । लकडाउनको कारण दैनिक छाकटार्न समस्यामा परेका एक परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । वीरगंज महानगरपालिका वडा न ३ स्थित प्रगति नगर निवासी राजेश साह सहयोगी मनकासाथ सहयोग गरेका हुन् । महानगरको वडा नं ३ मा व्यावसाय गरी बसेका साह न्यू नारायण ट्रेडर्स का प्रोपराइटरले एक मजदुर परिवारलाई खाद्यान्न सहयोग गरिएको हुन् । दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने ती घरपरिवारलाई आईतबार ३० किलो को १ बोरा चामल,तेल,नुन,आलु,प्याजÞ सोयाबीन ,चाना,आँप सहयोग गरिएका हुन् ।
नारायणघाट घर भैइ विगतका वर्ष देखि विरगंजमा रिक्सा चलाई दिनर्चाय विताउदै आएका थिए ।चैत ११ गते देखि देश भरी लकडाउन भएक सँगै महानगरपालिका वडा नम्बर १४ लिंक रोड पिपरा बस्दै आएका परिवारलाई खाद्यान्न सहयोगको लागी समाजिक सञ्जालमार्फत जानकारी पाए लग्तै ती घरपरिवारलाई सहयोग गरीएको साहले बताए ।
दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने सो परिवारलाई आफ्नो तर्फबाट भएको सहयोग मेरो पहिलो प्रयास रहेको उनले बताए ।‘राजनितिक दलकाले भोट पाउने चलखेलका कारण यस्ता दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने अन्य गरिब तथा विपन्न परिवारको पनि सम्पर्कमा आउन नसकेको कारण सबैलाई आवश्यक खाद्यान्न तथा अन्य सहयोग वितरण नभएको साहले बताए ।’
समाज सेवी वृजेस चौधरी, कन्हैया पटेल,हरेन्द्र पटेल (बाबा हो) चन्द्रनारायण सिह रिजाल,कÞहर सिह आलेमगर लगाएतको उपस्थिति रहेको थियो।
सरकारको उक्त निर्णयले नेपाल भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना हुने नेता यादवकोे भनाई छ ।