कृष्णा यादब बीरगंज ४ असार ।जिल्ला प्रहरी कार्यालय बाराले अबैध रुपमा तस्करी गरी भारत तर्फ लादै गरेको करिव ३५ क्विन्टल छोकडा बरामद गरेको छ ।
वारा प्रहरीले बुधवार विहान बारा जिल्लाको विश्रामपुर गा।पा।वडा नं।४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ अबैध रुपमा ८० वोरा ( ३५ क्विनटल ) छोकडा लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान अन्दाजी करिव तिन बजेको समयमा ८० बोरा छोकडा बरामद गरेको हो ।
बारा प्रहरीले नियन्त्रणमा लिएको उक्त छोकडाको बजार मुल्य करिब ५ लाख रुपैया रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले नेपालबाट अबैध रुपमा बरामद गरेको उक्त छोकडा बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुर स्थित दशगजा क्षेत्र नजिकैबाट बरामद गरेको थियो ।
प्रहरीले बिशेष सूचनाको आधारमा सो छोकडा नियन्त्रणमा लिए पछी तस्करहरुले छोकडा छोडेर फरार भएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराले बरामद गरेको छोकडालाई आजै आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
बाराको बिश्रामपुर गाउपालिका वडा नम्बर ४ बलिरामपुर मुशहरवा लगायतको स्थानबाट मुशहरवा बिओपी र बलिरामपुर प्रहरी चौकीको प्रहरी ईन्चार्जहरुलाई तस्करहरुले सेटिङ्ग मिलाएर लकडाउनको बेला देखी नै रातीको समयमा तस्करी गर्दै आएका थिए ।
तस्करहरुले बाराको बलिरामपुर मुशहरवा नाका भएर नेपालबाट भारत तर्फ अबैध
रुपमा छोकडा मरिच र केराउको तस्करी गर्दै लाने गरेकाछन भने भारतबाट नेपाल तर्फ बाराको बलिरामपुर मुशहरवा नाकाबाट रातीको समयमा अबैध रुपमा भन्सार छलेर रजनीगन्धा, राजनिवास लगायतको गुटखाहरु लाखौ रुपैया मुल्य बराबरको सामानहरु भित्रयाउदै आईरहेकाछन ।
