देश · प्रदेश २ · समाचार · स्वास्थ्य

उपभोक्त हित सरक्षण मंच कलैयाको आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न

रंजित चौरसिया,कलैया ३ अषाढ। कोरोना भाईरस अर्थात कोभिड (१९ ) को महामारीमा रगतको अभाव भएसङै रगत सहजरुपमा सबैले पाउने भन्दै लकडाउनको बेलामा पनि सामाजिक दुरि कायम गरि रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उपभोक्त हित सरक्षण मंच कलैयाको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन ।
सरक्षण मंच कलैयाका सल्लाहकार अरुण खनालले जुश खुवाएर कार्यक्रम सुभारम्भ गर्नु भएको थियो ।
उपभोक्ता हित सरक्षण मंचका अध्यक्ष नरेश मोदककाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य जितेन्द्र तिवारी,पुर्ब युवा जिल्ला कमिटीका सदस्य राम यादब, राजेश पटेल, अस्मत अलि, युवा संघका केन्द्रिय सचीव धुर्ब यादव, नेकपाका जिल्ला कमिटी सदस्य महानन्द यादव, बिक्रम ठाकुर, युगाल किसोर सिंह, उपभोक्ता मंचका कोषाध्यक्ष बैजनाथ साह कलवार,बिनोद गुप्ता, सदस्य शार्मा बैठा, बिनोद पटेल लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।
वर्तमान परिवेशमा रक्तको अभाव नहोस् भन्ने उदेश्यका साथ यो कार्याक्रमको आयोजना गरिएको मंचका नगर कमिटिका सचिव हरिओम साहले बताए। प्राबिधिक सहयोग नेपाल रेड्क्रस सोसाइटी रौतहट जिल्ला शाखा सेवा गौरका जिल्ला कार्य समितीका सदस्य धर्मेन्द्र प्रसाद सिंह, कपिल देब पडित, अजय साहले रक्तदान कार्यक्रमलाई सहयोग गरेका थिए।