किशोर तमाङ्ग कञ्चनपुर २ असार २०७७
।कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका परासन स्वास्थ्य चौकीमा कार्यरत प्रयोगशालाकर्मी जनकसिंह धामी कोरोना जितेर घर फर्किएको छ ।

सुदूरपश्चिम प्रदेश कै पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी १४ दिनसम्म सेती प्रादेशिक अस्पताल धनगढीको आइसोेलेसनमा बसाई पश्चात् ३३ वर्षका ल्याब असिस्टेन्ट धामीको पछिल्लो तीन वटा रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएर घर फर्किएको हो।
आफ्नो अनुभव बाँडदै धामीले भने आफुलाई कोरोना भयो भन्दा त सुरुमा म निकै आत्तिँए, डराए किनभने विदेशतिरको समाचार सुन्दा त भयावह नै थियो नि, यता गाउँ घर र समाजमा हिजो सम्म जतापनी मेरो आवश्यकता पर्ने तर संक्रमित भएको खबर थाहा हुने बित्तिकै धामीले बर्बाद बनायो भनेर कुरा काटेर घृणा फैलाउदा मनमा कताकता चिसो पस्दो रहेछ।
। कोरोना भाइरस सङ्क्रमण रोकथामका साथै नियन्त्रणका लागि सिमित स्वास्थ्य सामाग्रीको भरमा जोखिम मोलेर अहोरात्र अग्रपङ्क्तिमा रहेर आफ्नो र परिवारको ज्यूज्यानको पर्वाह नगरी काम गर्दागर्दै संक्रमित हुन पुगे तर बदलामा घृणा पाएँ। समाजमा हुने यस्ता ब्यवहार कोरोना भाईरस भन्दापनी खतरा बन्न पुग्दो रहेछ। तर शुभेच्छुकहरुको माया र आशीर्वाद तथा स्वास्थ्यकर्मी साथीहरुको रेखदेख र हेरविचारले आफूले कोरोना भाईरसलाई जितेको धामीको भनाइ छ।

१४ दिन आइसोलेसन बस्दा आफुलाई स्वास्थ्यमा कुनै असहज महसुस भएन त्यसैले आत्तिने होइन सावधानी अपनाउने र सचेत हुनपर्ने रहेछ उहाँले भन्नुभयो ।
स्वाब संकलनका क्रममा पीपीईको अभाव हुँदा आफुलाई संक्रमण भएको बताउँदै उहाँले सम्बन्धित निकायको यसतर्फ ध्यान जानु आवश्यक रहेको उनको भनाई छ।

