प्रदेश २ · समाचार

महाेत्तरीको सम्सी गाउँपालिका दुईमा रहेकाे क्वारेन्टिममा खाना नपाएर सडक जाम

गौशाला १ असार।।महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका स्थित रहेकाे वडा न. २ पर्सा क्वारेन्टाईमा खाना नपाएकाे कारण सडक जाम गरि वाटाेमा सुति रहेकाे छ ।जिल्लाकाे सव भन्दा विवादित रहेकाे सम्सी गाउँपालिका नै हाे यहाँ पटक पटक क्वारेन्टिनकाे व्यवस्थित गर्नकाे लागि सम्वन्धित पक्षलाई जानकारी गराए पनि कुनै चासाे नलिएकाे कारण बाध्य भएर चक्का जाम गरि राेडमा सुतेकाे उनिहरुले जनाएका छन ।

हामिहरुकाे कुनै लहर नभई राति भर भाेकै बसेकाे स्वास्थ्य जाँच नभएकाे र सुत्ने व्यवस्था नभएकाे कारण अाज विहान देखि राेड अवरुध गरिएकाे ईसलाम शेखले जनाए ।उता क्वारेन्टाईनकाे लागि १५ लाख रु. निकासा भएकाे थियाे त्याे सबै खर्च भई सकेकाे सचिव मनाेहर मंडलले जनाए ।अब के गर्ने वारेमा अाफुलाई जानकारी नभएकाे त्याे कुरा वडा अध्यक्षलाई जानकारी हाेला मंडलकाे भनाई थियाे तर वडा अध्यक्ष तथा सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।