गौशाला २८ जेष्ठ।महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका विकासकाे दृष्टिकाेण वाट जिल्लाकाे दाेस्राे स्थानमा अाउने वडा न.१ का वडा अध्यक्ष तथा प्रवक्ता अशाेक कुमार यादवले महाेत्तरी टु डे वनलाईन टि भि वाट संचालित “सिधा प्रश्नन सिधा उत्तर” कार्यक्रममा संचारक्रमि नरेन्द्र महताे संगकाे अन्तरवर्ता वुधवारमा दावि गरेका छन ।
साेनमा गाउँपालिकामा विकास गति लिएकाे र बाँकि रहेका विकासकाे कामहरु बिस्तारै बिस्तारै अगाडि बढि रहेका छन तर ७६/७७ वजेट मध्ये बाट क्वारेन्टाईन बनाउनमा सहयाेग गरेकाे यादवले जनाए । केही दिन अगाडि वडा न.८ सिंहासनिमा घटेकाे घटना दुःखद भएकाे वताउदै गाउँका केही स्वार्थी व्यक्तिकाे कारण वादविवाद भएकाे दावि गरे तर त्याे वादविवाद क्वारेन्टाईनकाे लागि नभएर मठकाे वादविवाद लाई लिएर भएकाे यादवकाे भनाई थियाे ।मठमा बीस बिघा जग्गा रहेकाे छ ।
त्यसकाे हिसाब किताब अाज सम्म अर्थात अाम्दानिकाे किन नखाेज्नु भएकाे पत्रकारकाे प्रश्नन जवाफमा – साेनामा गाउँपालि अन्तरगतकाे मठ रहेकाेले संघिय सरकारले स्थानिय सरकारले दिएकाे अधिकार अनुसार सबै हिसाब खाेज्ने यादवले प्रष्ट पारे तर अहिले काेराेना भाईरस बाट संक्रमितकाे संख्या बढदै गईरहेकाेले सब भन्दा पहिले अाम जनतालाई बचाउनु पालिकाका परम कर्तव्य रहेकाे छ यस पछि पालिकाकाे बठैक बसि के गर्नु पर्छ भने वारेमा गहन विचार विमर्श गरि अगाडि बढने प्रतिवद्वता जनाए।
मठकाे संमति कसैकाे निजि नभएकाेले त्याे सम्पति वडा न. ८ का सबै जनताकाे रहेकाे छ। मठमा रहेकाे संम्पति बाट अाज सम्म सिंहासनिमा के विकास भएकाे प्रशन्नकाे उत्तरमा- अहिले सम्म नगाउँकाे नमठकाे विकास भएकाे छ। तर केहि व्यक्तिकाे विकास भएकाे पक्कै छ प्रवक्ता यादवले जनाएका छन ।
