प्रदेश २ · समाचार

सप्तरीको महदेवा गाउँपालिका ४ परसाहीमा एक महिला माथि बोक्सीको आरोपमा निर्घात कुटपिट

पञ्चायती गरेर मिल्न दबाब महिला–महिलाको झगडा हो, उजुरी आए कारबाही गर्छौं : प्रहरी एसपी

सप्तरी २७ जेष्ठ ।बोक्सीको आरोपमा एक मुसहर (दलित) समुदायकी महिलामाथि निर्घात कुटपिट भएको छ । सप्तरीको महदेवा गाउँपालिका ४ परसाहीकी ३० वर्षीया मन्जुदेवी सदा बोक्सीको आरोपमा दोस्रोपटक कुटिएकी हुन् ।

उनलाई आफ्नै काका ससुराकी बुहारी भुटियादेबी सदा र उनका छोरा सन्दिपले गत आइतबार बोक्सी भन्दै कुटपीट गरेका हुन् । घरेलु हतियारले हान्दा उनको टाउकोमा गहिरो चोट लागेको छ ।
‘आइतबार मेरा श्रीमान् छोरीको घर गएका थिए । त्यसैबेला मेरो नातिनीलाई खाईस भन्दै जेठानी दिदी भुटियादेबी र उनका छोरा सन्दिप आएर मलाई कुट्न थाले,’ पीडित मन्जुदेबीले मंगलबार कान्तिपुरसित भनिन् । लकडाउनका कारण पतिले काम नपाउँदा घरमा भोकै बसेको बेला बोक्सी भन्दै गालीगलौज गर्दै कुटेको उनले बताइन् ।साभारःकान्तिपुर