निरञ्जन बम,बहराइन झापा अर्जुनधारा नगरपालिका वार्ड नम्बर ९का भिम बहादुर पाण्डे रोजगारिको सिलसिला बहराइन आएको २६ महिना कटिसक्यो,दुई महिना पहिला नै उनको भिसा र श्रमसम्झौता सकियो तर त्यै नै बेला नेपालमा लकडाउन सुरु भयो र उनी नेपाल फर्कन पाएनन । पाण्डे दुई महिना देखि रोजगार गुमाएर बेरोजगार भै नेपाल फर्किने आशमा मनभरी पीडा र कुण्ठा बोकि बसेका छन।
मे महिनाको सुरुवात देखि नै बहराइन स्थित नेपाली राजदुतावासले बहराइनमा रहेका नेपालिहरु जो समस्यामा परेर स्वदेश फर्कन चाहन्छन उनिहरुको लागि स्वदेश फर्काउन र उद्दार गर्नका लागि विवरण संकलनको थालनी गरेको थियोे ।भिम बहादुरले पनि सुरुमै उक्त फाराममा आफ्नो समस्या र विवरण भरेका थिए तर महिना दिन बिति सक्दा पनि नेपाल सरकार र बहराइन स्थित नेपाल एम्बेसी ले कुनै चसो नदेखाउदा आफुलाइ सार्है बिरक्त लागेको उनी बताउछन।
रोजगार गुमेपछी उनलाइ खानाको समस्या भयो,पटक दूतावास र एनआरएनए बहराइनलाइ सम्पर्क गर्दा बल्ल केही खानेकुराको राहात त पाए तर बहाराइनमा संक्रमण दिनानुदिन बढ्दै जानू र दुई महिना बढी समय देखि आफू बेरोजगार बनेर परदेशमा अलपत्र पर्नुको पिडाले उनलाइ पोलेको छ।
पछिल्लो पटक नेपाल सरकारले बिदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाइ चाडै उद्दार गर्ने भन्ने निर्णयले उनमा केही मात्रामा भए पनि खुशिको सन्चार भएको छ तर जान पुर्व बिदेशमा गरिने कोरोना (पिसिआर) परिक्षण,हवाइ टिकट र फेरि स्वदेशमा पुगे पछि पुनः गर्नुपर्ने कोरोना परिक्षणको रकम स्वयं आफैले तिर्नु पर्ने सरकारको निर्णयमा भने उनी खुसी छैनन। अर्काको देशमा काम गर्न आएका गरिव नेपाली जनताले कसरी यत्रो पैसा जोहो गर्न सक्छन ? उनलाइ सरकारको यो निर्णय अब्यबहारिक र यो कदमले भने उनमा आक्रोश देखिन्छ। अरु देशको सरकारले बिदेशमा अलपत्र आफ्ना नागरिक हरुलाइ समयमै सरकारी खर्चमा उद्दार गरिसक्यो तर नेपाल सरकार भने अझै पनि गृहकार्य मै ब्यस्त छ अझ सबै खर्च पिडितले ब्यहोर्नु पर्ने यो कति सम्मको गैर्हजिम्मेवार निर्णय हो ?उनी आक्रोश पोख्छन।
पछिल्लो पटक नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै जादा उनलाइ घरपरिवारको झन चिन्ता लाग्ने र याद आउने गरेको छ।यति बेला उनी आफ्नो घर परिवार सङ्ग सुख दुख साटेर समय बिताउन चाहन्छन,सरकारको उद्दारको पर्खाइमा दिन गन्दै बसेका छन।