बीरगंज २२ जेठ।सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गरेसंगै बजेटको चौतर्फी बिरोध भईरहेको छ।
करोना (कोभिड१९) का कारण आर्थिक अभाव भएको बेला सरकारले जेठ २५ गते भित्र कर नतिरे जरिवाना लिने सूचना जारी गरेपछि नेकपा महानगर कमिटिका अध्यक्ष रहबर अंसारी नेतृत्वको यूवाहरु बिरोधमा उत्रेका छन् ।
नेकपा महानगर कमिटीका अध्यक्ष रहबर अंसारीकाे नेतृत्वमा वीरगञ्जकाे मुख्य चाेक घण्टाघरमा अर्थमन्त्रीको बिरोध गर्दै सडकमा अर्धनग्न प्रदर्शन गरेकाहुन।
सरकारले जेठ २५ गते भित्र कर नतिरे जरिवाना लिने सूचना जारी गरेपछि यसको चौतर्फी बिरोध सुरु भएको छ ।

पानी परेका बेला पनि भिज्दै उनीहरुले कपडा खोलेर अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् । घण्टाघर चोकमा भेला भएका युवाहरुले जनता आर्थिक अभावले भोका भएका बेला सरकारले कर तिर्ने समय तोकेर नागरिकको ढाड सेक्ने काम गरेको आरोप लगए लगाएका छन।
उनीहरुले जनता भोका छन्, चुल्हो निभेको छ, अर्थमन्त्री मुर्दाबाद, बैंक ब्याज मिनाहा गर, सम्पूर्ण कर मिनाहा गर, देश डुबाउने अर्थमन्त्री चाहिँदैन लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए ।

अर्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको थियो ।
यसको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ । बुधबार दिउँसो आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको नयाँ सूचना जारी गरिसकेको छ ।
सरकारले दुई महिनाभन्दा बढी समयदेखि नागरिकलाई घरभित्रै थुनेर अहिले कर तिर्न उर्दी जारी गर्नु उचित नभएको भन्दै सर्बत्र यसको विरोध सुरु भएको छ ।
