धनुुषा २० जेठ ।धनुषाको गणेशमान चारनाथ नगरपालि वडा ९ मा जय माँ जानकी समाज सेवा संस्था नेपाल द्वारा अति विपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ ।
नेपाल सरकार द्वारा आह्वान गरिएको लक डाउनको अवधि लम्बिए पछि जय माँ जानकी समाज सेवा संस्था नेपालले गणेशमान चारनाथ नगरपालि वडा ९ मा राहत वितरण गरेको राम धनि राउतले बताए ।
राहतमा चामल ३० किलो, दाल ३.५ किलो, आलु ५ किलो नुन २ किलो, खाने तेल २ लिटर ५०० ग्राम सोयाविन र साबुन ५,लोटा मस्क ५ र नगद रुपिया ५००० प्याकेज बनाएर वितरण गरिरहेको राउतले बताए ।
राउतले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउन भएको बेला विपन्न परिवारलाई राहत दिईएको बताए ।
जय माँ जानकी समाज सेवा संस्था नेपाललाई सहयोग विदेशमा रहेको दाजुभाईहरुले सहयोग गर्दै आईरहेको छ । यस संस्थाले दहेज प्रथा, बालविवाह , कुरीति, छुवाछुत भेदभाव महिला हिंसा न्युनिकरणको लागि काम गर्दै आएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालि वडा ९ मा राहत पाएको मानिस एकदमै खुशि देखिएका छन् । उनिहरुले यस्तो अवस्थामा सहयोग गरेको भन्ने ठूलो गुण लगाएको उहाँहरुको भनाई छ।
यस संस्थालाई विदेशबाट सहयोग गरेको केन्द्रिय अध्यक्ष श्याम मण्डल ,केन्द्रिय उपाध्यक्ष ललित कुमार कामति, केन्द्रिय माहासचिब श्री ललित, केन्द्रिय कोषाध्यक्ष अजय दास, केन्द्रिय प्रतिनिधि सरोज कुमार कापर, केन्द्रिय सल्लाकार सुरेश मुखिया, केन्द्रिय कार्यकारी राम सिकिम यादव, नेपाल शाखा अध्यक्ष ओम प्रकास यादव, कतार शाखा अध्यक्ष विजय कुमार कापर, साउदी शाखा अध्यक्ष जितेन्द्र कापर, मलेसिया शाखा अध्यक्ष राम नारायण मण्डल, दुवई शाखा अध्यक्ष मजिबुल रहमान, नेपाल शाखा उपसचिब निकेत झा, नेपाल शाखा राम धनि राउत, नेपाल शाखाका सुबानामलेआपत विपदमा सहयोग गर्दै आईरहेका छन् ।