प्रदेश २ · समाचार

सिमानाका सिल भएपनि डिअाईजिको नाऊमा सशस्त्र प्रहरी र नेपाल प्रहरी तस्करहरु संग पैसा असुल्दै

वीरगंज १८ जेष्ठ।विश्व व्यापी महामारी रुपले फैलिरहेको काेरना भाइरसका कारण देशभरि लकडाउन भएको बेलामा पनि पर्सा जिल्लाको विभिन्न नाकाबाट भने ठूलो मात्रामा तस्करी भैईरहेको समाचार प्राप्त भएको छ।

सशस्त्र प्रहरी बल बोड्रर अाउट पोस्ट भिस्वा बन्जारी सशस्त्र प्रहरी निरीक्षक हरिबहादुर पराजुली र नेपाल प्रहरी भिस्वा चौकीका इन्चार्ज सई प्रेम खत्रीको
सेटिङमा पर्साका नामुदत तस्करहरुले भिस्वा चौकीको मुख्य बाटो भई भारत बाट लकडाउनको बेलामा रातीको समयमा नेपालमा अभाव भएका सुर्ति, रजंनिगंन्धा, राजनिवाश, पान पराग, लत्ताकपडा, हाडयेवर, भैसी लगाएतका समानहरु भारत बाट नेपाल तर्फ भित्रयाउछन् भने नेपाल बाट भारत छोकडा, मरिच, मोटर, गिट्टी बालुवा, दारु लगाएतका समानहरु भारतमा रातिको समय सशस्त्र प्रहरी दुबै निरीक्षकहरुले अाफै स्कुटिङ गरी तस्करी गराउदै अाएको स्थानियहरुले बताएका छन् ।

त्यस्तै पर्सा जिल्लाको ग्रामीण भेगको
सशस्त्र प्रहरी बल बिअोपी भिखमपुरका निरीक्षक निरंन्जन नाञ्जु र नेपाल प्रहरी जानकिटोलाको ईन्चार्ज अर्जुन अधिकारीको मिलोमतोमा रातिको समयमा
बिअोपी र चौकीकोको मुख्य बाटो भई भारत बाट सुर्ती, राजनिवास, रजनिगंधा, कपडा,हाडवेयर लगाएतका समानहरु भित्राउछन् भने नेपाल बाट छाेहडा र रक्सी, मोटर, मरिच भारततर्फ ठूलो मात्रामा तस्करहरुले तस्करी गरिरहेका छन् ।

उक्त तस्करीको सामान भारतीय सिमा क्षेत्र सिक्टा, इनार्वा, भंगाहा सम्म रक्सी पुग्दैछ।तस्करी गर्न लाइन दिएवापत नेपाल प्रहरीको नाममा र सशस्त्र प्रहरीको नाममा ५/५ लाख रूपैयाँ छुट्टयाइएको र त्यो रकम जिल्लाका दुईवटा एसपीकाे र डिअाईजिको नाममा समेत माग्ने गरेको समेत खुलेको छ।

तस्करीको लाईन दिनै र तल देखि माथि सम्मको जिम्मा लिने जानकिटोला चौकीको ईन्चार्जा अर्जुन अधिकारी र भिस्वाको ईन्सपेक्टर हरिबहादुर पराजुली हुन् ।

सशस्त्र प्रहरी भिस्वाको प्रहरी निरिक्षक हरिबहादुर पराजुलीले बंजारी बिअोपीमा यो दोस्रोपटक बस्दै अाएका हुन्।

सशस्त्र प्रहरी नेपालको बिधानमा एक चोटी कुनै बिअोपीमा गएपछि फेरी अर्काे पल्ट त्यो बिअोपीमा जाने नपाऐ पनि अाफु डिअाईजी र अाईजिपीको खास मान्छे भएर नि दोस्रोपटक अाएको तस्करहरुलाई बताउदै डिअाईजिको नाऊमा पैसा असुल्दै अाएका छन् ।
तस्करहरुले माेटरसाईकल, टेम्पो र पिकअप गाडीबाट नाका कटाउने काम गर्नेछन् ।पिकअप गाडीमा खाद्यान्न ढुवानी भनेर लेखिन्छ र भित्र लुकाएर सेटिङमा सिमा कटाइन्छ।यस्तो तस्करी दैनिक हुदै अाएका छ।

यस्ता ईन्चार्जाहरुको कारणले नेपाल प्रहरी र सशस्त्र प्रहरी सङ्गठननै पूरा बदनाम हुँदै अाएका छन् ।यस्ता गैर जिम्मेवार ब्यक्तिहरु प्रति सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ ।