जनकपुरधाम १४ जेठ।जनकपुरधाम उप-महानगरपालिकाले गोपाल धर्मशालामा निर्माण गरेको क्वारेन्टाइन अपुग भएकाले वडा वडामा क्वारेन्टाइन बनाउने भएको छ ।
उप–महानगरपालिकाको क्वारेन्टाइनमा दिनप्रतिदिन भारतवाट आएका नेपालीहरु थपिदैँ जाँदा उप–महानगरले वडा वडामा क्वारेन्टाइन बनाउन लागेको हो । प्रत्येक वडामा ५० वेडको क्वारेन्टाइन तत्काल बनाउने र पछि स्तर उन्नती गर्दै जाने उप–महानगपालिकाले जनाएको हो । गोपाल धर्मशालामा बनाइएको ५० वेडको क्वारेन्टाइनको स्तर १०० वेडको गरे पनि सिमापारी धेरै नेपालीहरु अलपत्र परेको भन्दै उप–महानगरपालिकाले यस्तो गर्न लागेको हो । जनकपुरधामउप–महानगरपालिकाका मेयर लालकिशोर साहले सवै वडाध्यक्षहरु संग यस विषयमा छलफल क्रमशःगरि रहेको जानकारी दिएका छन् ।
सम्बन्धित खबर
समाजसेवी यादवद्वारा नवराजपुर गाउँपालिका भरीमा १२ सय झुल वितरण
लहान–१२ भोटियाटोल चौकमा ‘घोङ्हि’ होटलको विस्तार, मिथिला र थारू परिकारको स्वाद एकै ठाउँमा
साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधको १७औँ वार्षिक साधारण सभा सम्पन्न
लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
