• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दाङमा २ रक्त सञ्चार केन्द्र तर रगतको अभाव भने कायमै ।।

नेपाल पोस्ट दैनिक
    August 2, 2019  मा प्रकाशित

Spread the love
      

शरद शर्मा मजगैया,साउन १७ दाङ । तुलसीपुर र घोराहीमा २ वटा रक्त संचार केन्द्र सञ्चालन रहेको दाङमा रगतको अभाव भने हुने गरेको छ ।

विरामीहरुलाई चाहेको बेला आबश्यक रगत पाउने अबस्था अझै हुन सकेको छैन । रक्त संचार केन्द्र दाङका अनुसार अझै २० प्रतिशत विरामीहरुले उनीहरुका आफ्न्तवाट नै रगत लिने गर्दछन ।

दैनिक १०÷१५ युनिट रगत आवश्यक पर्ने जिल्लामा मासिक सरदर ३ सय युनिट रगतको आवश्यकता पर्ने रक्त सञ्चार केन्द्रले जानकारी दिएको छ ।

तुलसीपुर र घोराहीका रक्त सञ्चारका लागि गत आर्थिक बर्ष २०७५÷०७६ मा २ हजार ९ सय ६० जनाले रक्तदान गरेका छन् ।

तुलसीपुरमा ६ सय ४४ युनिट रगत संकलन भएकोमा ६ सय ७३ युनिट रगत खपत भएको रक्त सञ्चार केन्द्र तुलसीपुरका नरेश चौधरीले जानकारी दिनुभयो

घोराहीमा २३ सय १६ संकलन भएको र त्यस मध्यमा २२ सय खपत भएको रक्त सञ्चार केन्द्र घोराहका प्रमुख दिलिप न्यौपाने बताउनुभयो ।

२३ सय १६ यु्निटमा १८ सय ८० युनिट पुरुषवाट र महिलावाट ४ सय ३६ युनिट संकलन भएको उहाँले बताउनुभयो ।

डाईलोसीस सेवा राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा शुरु भएको र दैनिक ६÷७ युनिट खपत हुने गरेको छ ।

रक्त संचार केन्द्र तुलसीपुरमा फ्रिज सानो क्षमता भएकाले ६० युनिट भन्दा बढी स्टक गर्न नमिल्ने भएकाले समस्या रहेको छ ।

दाङमा ८० प्रतिशतले रक्त संचारवाट रगत प्राप्त गर्ने गरेका रक्त सञ्चार केन्द्र घोराहका प्रमुख न्यौपानेले बताउनुभयो ।

जिल्लामा सबै भन्दा बढि ‘बि’ पोजेटिभ रगतको अभाव हुने घोराही ईञ्चार्ज न्यौपानेले बताउनुभयो ।

दाङमा सिकलसेलका विरामीहरु धेरै भएकाले पनि उनीहरुलाई ‘बि’ पोजेटिभ रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुने उहाँले बताउनुभयो ।

घोराहीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल र निजी दिपज्योति हस्पिटल, गोर्खा हस्पिटल लगायतका जिल्लाका अस्पतालहरुमा रगत खपत हुने गरेको छ ।

त्यसबाहेक जिल्लाबाहिर बुटवल र नेपालगंजका अस्पतालहरुमा समेत कहीले काहि माग भए बमोजीम रगत पठाउने गरीएको उहाले बताउनुभयो ।

तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल,राप्ती लाईफ केयर हस्पिटल र तुल्सी हस्पिटलमा रगत खपत हुने गरेको छ । तर तुलसीपुरमा रगतको अभाव भए घोराहीवाट ल्याउने र घोराहीमा अभाव भए तुलसीपुरवाट पठाउने गरेको तुलसीपुरका ईञ्चार्ज चौधरीले बताउनुभयो ।

‘बि’ पोजटिभ रगत दाङमा अभाव हुने भएकाले मागपुर्ती गर्न जेसीज, रोटरी र रोट्रयाक लगायतका संघसंस्थाहरुसंग समन्वय गरी ब्यवस्था मिलाउने गरीएको छ ।

अन्य रगत भन्दा ‘ए’ र ‘बि’ नेगेटिभ र पोजेटिभ रगतका कहिले काहीे समस्याले गर्दा अप्रेशन गर्दा समस्या हुने गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका स्त्रि रोग विशेषज्ञ डाक्टर विनोद सिंहले बताउनुभयो ।

यदि जिल्लामा रगतको ब्यवस्था हुन नसके बिरामीलाई जिल्ला बाहिर रिफर गर्ने गरीएको डाक्टर सिंहले बताउनुभयो ।

पुरुषहरुले ३ महिनामा एक पटक र बर्षमा ४ पटक सम्म र महिलाहरुले बर्षमा ३ पटक ४ महिनाको एक पटक रक्तदान गर्न मिल्ने रक्त सञ्चार केन्द्रले जानकारी दिएको छ । रक्तदान गरेको ३५ दिन भित्र उक्त रगत प्रयोग गरी सक्नुपर्ने हुन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑