शरद शर्मा मजगैया, साउन १५ दाङ । यस बर्ष जनशक्तिको बर्ष भन्ने नारा बनाएको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरले सेवालाई प्रभाबकारी बनाउदै गएको छ ।
जनशक्तिको अभावले स्वास्थ्य सेवा प्रदानमा केही समस्या भईरहेकाले चालु आर्थिक बर्ष २०७६÷०७७ जनशक्तिको बर्षको नारा बनाई सरोकारवाला पक्षको ध्यानाकर्षण गराउने प्रयासमा जुटेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर सर्बेश शर्माले जानकारी दिनुभयो ।
आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७५÷०७६ को सार्वजनीकरण कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर शर्माले अस्पतालमा बिशेषज्ञ चिकित्सकको दरबन्दी अनुसार ७४ जना बिभिन्न तहका चिकित्सक तथा कर्मचारी हुनुपर्नेमा हाल नेपाल सरकारबाट ६३ जना आन्तिरीक श्रोतबाट ४२ जना कार्यरत रहेका छन् । त्यस मध्येमा पनि बिशेषज्ञ चिकित्सक १६ जना मध्ये हाल ६ जना र त्यसमा एक जना अध्ययनका लागि बिदामा बसेको जानकारी दिनुभयो ।
मेडिकल अधिकृत ६ र डेण्टल सर्जन १ जना मध्ये ३ जना मेडिकल अधिकृत र एक जना डेन्टल सर्जन रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै अस्पतालमा हालको जनशक्तिको आधारलाई हेर्दा एक जना डाक्टरले झण्डै डेढ सय बढीलाई स्वास्थ्य जाँच गर्नुपरेको छ । तर एक जना चिकित्सकले बढीमा २५ जनाको चेक जाँच गर्नुपर्ने अन्तराष्ट्रिय मापदण्ड रहेको छ ।
त्यस्तै एक जना नर्सले ६÷७ जनालाई हेनुपर्ने हो तर उक्त अस्पतालमा जनशक्तिको अभाबमा झण्डै एक सय बढीलाई हेर्नुपर्ने अबस्था रहेको छ । त्यसकारणले पनि यसबर्षको नारा जनशक्तिको बर्ष मूख्य बनाइएको निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर शर्माले बताउनुभयो ।
अस्पतालमा गत आर्थिक बर्ष २०७५÷०७६ मा ओपेडीबाट ५३ हजार ३ सय ५४ जना,ईमेरजेन्सी सेवा ८ हजार ५ सय ९४,ओपेडी र ईर्मेजेन्सी सेवामा ६१ हजार ९ सय ४८,अस्पतालमा भर्ना ४ हजार ३ सय ७६, डिस्र्चाज ४ हजार २ सय २०, सुत्केरी २ हजार ९ सय ८४,ल्याब सेवा २१ हजार १ जना, २० बर्ष मुनिकाका सुत्केरी ५ सय ६८ जना गरी अस्पतालबाट जम्मा ६६ हजार ३ सय २४ जनाले स्वास्थ्य सेवा लिएको डक्टर शर्माले वताउनुभयो । उक्त अस्पतालबाट गत आर्थिक बर्षमा महिलाको पाटेघर खसेको ४५ जनाको सल्यक्रिया भएका छन् । सिकल सेल ईनिमियाका बिरामीको उपचारको स्वास्थ्य परिक्षणको मेसीन समेत जडान भई स्वास्थ्य परिक्षण र उपचार समेत सुरु भई सकेको छ ।
१२ सय रुपैयामा स्वास्थ्य परीक्षण गर्न सकिने सिकलसेलका बिरामी मध्ये गत बर्ष १५ जना थारु समूदायले सेवा लिएको उहाले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७४÷०७५ मा एनेस्थेसिया,बाल रोग बिशेषज्ञ र अर्थोपेडिक चिकित्सक उपलब्ध भएका कारण ५५ हजार ४ सय ३० जना बिरामीले ओपेडी सेवाबाट स्वास्थ्य जाँच गराएका कारण २ हजार ७६ जनाले बढी रहेको डाक्टर शर्माले प्रष्टयाउनुभयो ।
यस्तै अस्पतालबाट एक हजार ४३ जनालाई अन्य अस्पतालमा रिफर गरीएको उहाले बताउनुभयो ।
अस्पतालबाट बिभिन्न प्रकारको रोग सम्बन्धि अप्रेशन ३ हजार ६ सय ३७ वटा भएका छन् ।
२०७४÷०७५ मा ३ हजार २ सय ८१ जना आर्थिक बर्ष २०७३÷७४ मा १ हजार ८ सय ७१ जनाको अप्रेसन भएको अस्पतालले जनाएको छ । उक्त अस्पतालबाट आर्थिक बर्ष २०७५÷७६ मा १ लाख ५९ हजार ८ सय ७६ जनाले ल्याब सेवा प्राप्त गरेको थिए ।
आर्थिक बर्ष २०७४÷७५ मा ८६ हजार ८५ जना र आर्थिक बर्ष २०७३÷७४ को ३ महिनाको अवधिमा २९ हजार ५ सय ५६ जनाले ल्याब सेवा लिएका शर्माले वताउनुभयो ।
पूर्बाधार क्षेत्रमा समेत राप्ती प्रादेशीक अस्पालतलले फड्को मार्दै गएको शर्माले जानकारी दिनुभयो ।
नेपालको एकमात्र पुरानो सरकारी अस्पताल बिर अस्पताल झै राप्ती प्रादेशीक अस्पातल तुलसीपुरमा पनि लिफ्टबाट माथिल्लो तलमा जाने गरी २ बर्ष भित्रमा भवनको निर्माण हुने जानकारी उहाले दिनुभयो ।
शर्माका अनुसार अस्पतालमा शुरुका बर्षमा २ वटा डाईलासिस सेवा सञ्चालन भएकोमा हाल ५ वटा सञ्चालन गरीएको छ । १९ जनाले डाईलोसस सेवा लिई रहेका छन् । एक बर्षमा एक सय ५४ जनालाई डाईलोसीस सेवा दिएको अस्पतालले जनाएको छ ।
इन्डोस्कोपी मेसीन साउन महिनामा जडान गरीएको र ५ जनालाई सेवा दिईसकेको उहाले बताउनुभयो ।
रिमोटबाट सञ्चालन गरीने ईलेक्ट्रीक बेड मध्ये ईमरजेन्सी कक्षमा ६ वटा,सुत्केरी कक्षमा ३ वटा र पोष्ट अफ अप्रेशन पछि राखिने कक्षमा ४ वटा राखिएका छन् ।
मेजर ओटी २ दुई ठाँउ वाट दिन शूरु गरीएको,एक्सरे सेवा यसअघि सीआर बाट डिआर गराएको छ । सीआर प्लेटबाट प्रीन्ट हुने गर्दथ्यो अव ३ सय एमएको सीआर मेसीनले एक्सरे खचेर प्रीन्ट निकाल्ने गरीएको छ ।
ल्यावसेवा लगाएतले छलाङ मारेको दावी निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर शर्माले गर्नुभयोे ।
यसैविच २०७५।७६ मा अस्पतालका लागी विनियोजित जम्मा १ करोड रकम मध्ये अस्पताल विकास समितीको वैठक सञ्चालन र सामाजिक परिक्षणमा १ लाख ९० हजार ६ सय ५०, भौतिक संरचनाको मर्मत सुधारका लागी ३१ लाख ५४ हजार २७ रुपिया,अस्पताल जन्य फोहोरमैला व्यवस्थापन तथा संक्रमण रोकथाममा १३ लाख ९४ हजार ८ सय ३५ रुपियाँ खर्च भएको छ ।
अस्पतालका लागि अत्यावश्यकिय विद्युत खानेपानी तथा ढलनिकास व्यवस्थापनमा ११ लाख ६४ हजार, क्लिनिकल सेवा विस्तार र औजार उपकरण खरिदमा ९ लाख ९९ हजार ६ सय ५२ रुपैयाँ, अस्पतालमा प्रर्योगशालाको विस्तार तथा सुदृढिकरणमा ९ लाख ९९ हजार ४ सय ९६ रुपैयाँ, अस्पतालको स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली सुदृढिकरणमा ५ लाख ५२ हजार २ सय २२ रुपैयाँ, अस्पतालका लागी फिनिसिङ एवं फर्निचरमा ९ लाख ९९ हजार ६ सय ७१ र विरामिहरुका लागी अन्य सेवा तथा सुविधाहरु सुदृढिकरण गर्न ४ लाख ८५ हजार रुपियाँ गरि जम्मा ९९ लाख ३९ हजार ५ सय ५३ रुपैयाँ खर्च भएको छ भने ६० हजार ४ सय ४७ रुपैयाँ वचत भएको अस्पतालले जनाएको छ ।
उक्त कार्यक्रममा डाक्टर जर्नादन पन्थी र अस्पतालका सुचना अधिकारी कमल सुबेदीले पनि अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण अस्पतालका अधिकृत राजु श्रेष्ठले गर्नुभएको थियो ।