लहान २८ जेठ । देशका विभिन्न भूभागमा हाल अत्यधिक गर्मीको लहरले जनजीवन प्रभावित बनाएको छ। तापक्रम सामान्य भन्दा निकै बढी पुगे पछि मानिसहरूको दैनिक क्रियाकलापमा असर परेको छ भने स्वास्थ्य सम्बन्धी जोखिम पनि उतिकै बढ्दै गएको छ।
पछिल्ला दिनहरूमा तराईका अधिकांश जिल्लाहरूमा तापक्रम ३९ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको सबभन्दा उच्च तापक्रम सर्लाही जिल्लाको मलंगवामा ४६।२ डिग्री सेल्सियस मापन गरिएको हो । यस्तो प्रचण्ड गर्मीिका कारण विधार्थीहरु विधालयमै मुर्छीत हुन थाले पछि तराईका अधिकाश विधालयहरु केहि दिनको लागी बन्द गरिइको समाचारहरु आईरहेको छ ।
स्वास्थ्यमा असर
चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीका कारण हीट स्ट्रोक, डिहाइड्रेसन, घामले पोल्ने जस्ता समस्या देखिन थालेका छन्। अस्पतालहरूमा गर्मीका कारण बिरामी पर्नेको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। वृद्ध, बालबालिका र दीर्घरोगीहरू बढी जोखिममा छन्।
सरकारी आग्रह
स्वास्थ्य मन्त्रालयले अत्यधिक गर्मीमा घर बाहिर ननिस्कन, पातलो कपडा लगाउन, प्रशस्त पानी पिउन र धूपबाट जोगिन सल्लाह दिएको छ। विद्यालयहरूमा बिहानको सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ।
वातावरणविद्को चेतावनी
वातावरणविद्हरूले जलवायु परिवर्तनको प्रभावका कारण यस्तो चरम गर्मी भइरहेको जनाएका छन्। उनीहरूका अनुसार समयमै आवश्यक रणनीति नअपनाए भविष्यमा अझ भयावह अवस्था आउन सक्छ।
अत्यधिक गर्मी अहिले केवल असुविधाको विषय होइन, यो जनस्वास्थ्य र वातावरणीय संकटको संकेत पनि हो। यसलाई गम्भीर रूपमा लिएर सरकारी र नागरिक तहमा सचेतना र तयारी आवश्यक छ।