शम्भु चौधरी लहान, २८ जेठ । सशक्त, समृद्ध, सम्मानित किसान सबल महासङ्ह’ भन्ने मूल नारासहित जलवायु मैत्री गाउँ नेपाल परियोजना अन्तर्गत वार्षिक प्रगति समीक्षा तथा व्यवहारिक कार्यान्वयन र कार्यदिशा तय गर्ने दुई दिवसीय राष्ट्रिय कार्यक्रम आजदेखि सिरहाको लहानमा सुरु भएको छ।
कार्यक्रम बिच सिरहा सप्तरीमा १ दशक देखि संचालनमा रहेको केयर नेपालका जगदिश भटटले बताए । साथै सिहरामा ४ पालिका र सप्तरीमा २ पालिका गरी जम्मा ६ पालिकामा ४ सय ९४ कृषक सुह संचालनमा रहेको भटटले बताए ।
यस कार्यक्रमबाट जलवायु अनुकूल कृषि प्रणालीलाई स्थानीय तहदेखि राष्ट्रिय नीति निर्माणसम्म सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसले १० हजार ८ सय ८४ घरधुरीको लागी कुल बजेट २ करोड ५१ लाख ८४ हजार ४ सय रकम छुटटयाएको तालिममा बताए । ७ सय ५३ स्थानिय तह मध्ये १ सय २० स्थानिय तहमा जलवायु मैत्री कार्य भईसकेको जस अन्तर्गत ५ सय जलवायु मैत्री खेति प्रणाली संचालनमा रहेको महासंघले बताए । कार्यक्रममा सिरहा तथा सप्तरी जिल्लाबाट सक्रिय कृषक समूहका पदाधिकारीहरु,कृषि विज्ञ,कृषि प्रमुख,स्थानीय सरकारका जनप्रतिनिधिहरूको सहभागिता रहेको छ।
कार्यक्रमको आयोजना राष्ट्रिय कृषक समूह महासङ्ह नेपालले गरेको हो ।