प्रदेश २ · समाचार · सामाज

दनुवार समुदायको ५ औं वार्षिक साधारण सभा सम्पन्न

शम्भु चौधरी लहान ३० चैत्र । दनुवार जागरण समितिको ५ औं वार्षिक साधारण सभा शुक्रबार मिर्चैयामा सम्पन्न भएको छ । आदिवासी दनुवारको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कायम गर भन्ने मुल नाराका साथ दनुवार समुदायको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार रहेकी थिइन् । प्रमुख अतिथि दनुवारका अनुसार आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि संविधानले व्यवस्था गरेको संरचना र अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै समुदायहरू अझै राज्यबाट बञ्चित रहेको बताइन् । “हामी अधिकारका लागि माग गर्दै बसेका छैनौं, संविधानले दिएको अधिकारको कार्यान्वयन माग गरिरहेका बताईन । उनले थपदै भनिन विशेष, संरक्षित र स्वायत्त क्षेत्रको माग संविधानको मर्म अनुसार नै भएको भन्दै दनुवार समुदायले अब एकजुट भएर संगठित दबाब सिर्जना गर्नुपर्ने आवश्यकता रहेका बताईन ।
विशिष्ट अतिथि लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरका अनुसार दनुवार जातीको अवाज बुलन्द पार्न यस्ता खाले कार्यक्रम राजधानी काठमाडौमा हुनु पर्नेमा जोड दिएका थिए । साथै आजको कार्यममा दनुवार समुदायको खासै उपस्थिती नरहको गुनासो गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवार, दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारु, दनुवार जागरण केन्द्रकी केन्द्रिय उपाध्यक्ष शान्ति दनुवार, समाजसेवी जितु सिंह दनुवार लगायतको उपस्थिति रहेको थियो।
सभामा विभिन्न पालिकाका प्रमुखहरूले दनुवार समुदायको हकहितका लागि स्थानीय सरकारबाट सहयोग जारी रहने प्रतिबद्धता जनाए। स्वस्तिक पाठशालामा आयोजित उक्त कार्यक्रममा सिरहा, सप्तरी, सिन्धुली, उदयपुर, धनुषा, महोत्तरी लगायत विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभा रामकुमार सिंहको अध्यक्षतामा समपन्न भएको थियो । कार्यक्रम समापन्न गर्दै सिहले भने अगामीको सभा सरकारलाई कान फुकने गरी राजधानीमै गर्ने प्रतिबद्धता जनाए ।