शम्भु चौधरी लहान, २ माघ । साना किसान कृषि सहकारी संस्था लि. भवानीपुर प्रध धनगढीमाई नगरपालिका १ सिरहाको नवगठित सञ्चालक समिति र लेखा समितिको शपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।
२६ पुस २०८१ मा सम्पन्न संस्थामा १५ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट राम अवतार महतोको अध्यक्षतामा नौ सदस्य सञ्चालक समिति र सुर्य नारायण महतोको संयोजकत्वमा ३ सदस्यमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मतबाट चयन भएको थियो ।
सहकारीको विनियम २०६७ मा व्वस्था भए वमोजिम निर्वाचन गठन भएको थियो सो समितिका अध्यक्ष राम चन्द्र प्रसाद साहले सम्पुर्ण पदाअधिकारीहरुलाई पद तथा गोपनियताको शपथ गराइको हो । निर्वाचन समितिका अध्यक्ष साहका अनुासर विनियमको नियममा रहि ईमान्दारीता पुर्वक कार्य सम्पादन गर्नु भनि सम्पुर्ण पदाधिकारीहरुलाई सुझाव दिएका छन ।
कार्यक्रम बिच अध्यक्ष साहले सम्पुर्ण पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।