शम्भु चौधरी लहान ३ पुस । नेपाल उत्पीडित जातीय मुक्ति समाज, धनगढीमाई नगरपालिकाले ३७ औं स्थापना दिवस आज भव्यता साथ मनाईएको छ । राज्यको सबै तह तपकामा दलित समुदायका पहुच गराउने उद्धेश्यले यो स्थावना दिवस मनाईएको हो ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य एवम् मुक्ति समाजका केन्द्रीय सदस्य सिरहा जिल्ला ईन्चार्ज राम स्वरूप सदाको प्रमुख आतिथ्यमा कार्यक्रम समपन्न भएको हो । प्रमुख अतिथि सदाका अनुसार दलित समुदायको राज्यमा पहुच, दलित सशक्तिकरण ऐन २०७७ मधेश प्रदेशमा कार्यान्वयन हुुनु पर्ने,दलित समुदायकाृे स्वास्थ्य बिमा निशुल्क हुनु पर्ने, दलित समुदायको उच्च शिक्षामा निशुल्क पठन पाठन हुुनु पर्ने,दलित समुदायको लागी १८ प्रतिशत बजेट बिनियोजन, जनता अवास कार्यक्रम, नागरीक सुरक्षा अवास जस्ता कार्यक्रम गतिहिन भएको अवस्था छ । यसलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउन सरकारसंग जोडदार माग गरेको छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य मुक्ति समाज जिल्ला ईन्चार्ज राम परिक्षण सदा पार्टी जिल्ला कमिटी सदस्य राम कुमार साह नगर कमिटी उप सचिव गंगाराम यादव, मानवअधिकार एलायन्स नगर अध्यक्ष राज कुमार महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज, धनगढीमाई नगरपालिकाको आयोजना गरिएको थियो साथै मुक्ति समाजको अध्यक्ष सिङदल मंडलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।