शम्भु चैधरी लहान, २ चैत्र । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिक धार पोखरभिण्डा पर्साको विद्यालय व्यवस्थापन समिति सर्वसम्मतिले गठन भएका छन् ।
महेश्वर कामैतको अध्यक्षतामा चार सदस्य समिति गठन भएको छ । सदस्यहरुमा क्रमशः राजलाल यादव,चन्द्रकला चौधरी,देवकी यादव रहेका छन् ।
बाँकी दुईजनामा एकजना दाता परिवारवाट र एक जना अन्य वाट गरी दुईजनाको नाम शुक्रबार मनोनयन गर्ने वडा २ का वडा अध्यक्ष राम चन्द्र चौधरीले बताए ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष कामैतका अनुसार म दोस्रो कार्यकालको लागी चुनिएको छु र विगतमा बटुलेका अनुभवलाई सगालदै अगाडी बढने बताए ।
यता विधालयका प्र अ पशुपति साहका अनुसार यो सफलता यहाँका समाजको सफलता हो, युवाको सफलता हो, बुद्धिजिविको सफलता हो । विगतका अनुभवी तथा युवा यस विधालयका अध्यक्ष पदमा आउनु भएको छ अवश्य नै शिक्षामा सुधार हुने नै छ त्यसमा म विश्वस्त छु प्र अ साहले बताए ।
पालिकाका विधालय निरिक्षक राम बालक पासमानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष चतुरानन्द ठाकुले गर्नु भएको थियो ।