सचिता सिंह लहान २५ पुस । विकास र स्मृद्ध बनाउनमा सहकारीको ठुलो भुमिका रहेको धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीले बताएका छन ।
साना किसान कृषि सहकारी संस्था लि धनगढीमाई नगरपािलका १ भवानीपुर प्रध सिरहाको १० वार्षिक सधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गदै यस्तो बताएका हुन । वहाँले थप्दै भन्नु भयो जब सम्म हामी आफनो सोच परिवर्तन गर्देनौ तब सम्म विकासको बाटो खुल्दैन, ऋण लिनु र ऋण दिनु मात्रै सहकारीको कार्य होईन जुन कार्यको लागी ऋण लिएको हो त्यसको सहि सदुपयोग गर्नु पर्छ अनि मात्र सहकारीको मानयता हुन्छ ।
यस सहकारीमा आवद्ध सब भन्दा बढी शेयर खरीद गर्ने ३ जना, जेष्ठ सदस्य ३ जना र कृषिमा ऋण लिई उत्कृष्ट गर्न सफल ३ जना गरी जम्मा ९ जनालाई पुरस्कृत पनि गरेको सहकारीका अध्यक्ष महतोले बताएका छन ।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सहकारीका अध्यक्ष मागैन महतोले प्रस्तुत गर्नु भएको थियो । आ व २०७५।७६ को आर्थिक प्रतिवेदन सहकारीका प्रबन्धक गिता चौधरीले प्रस्तुत गर्नु भएको थियो । सहकारी अन्तर्गत रहेका उप समितिहरुले पनि आ आफनो प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो ।
सहकारीका अध्यक्ष मागैन महतोको अध्यक्षतामा सम्पन्न सभामा वडा १ का वडा अध्यक्ष सुर्य नारायण महतो,विभिन्न राजनिति दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्था तथा सहकारीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।