सामाजिक संजाल

चिया छोएको भन्दै दलित मोचीमाथि कुटपिट

लाहान भदौ १२ । सिरहाको सुखीपुर नगरपालिका ५ स्थित चिया पसलमा चिया छोएको भन्दै गैरदलितले निघार्ट कुटपिट गरेका छन्।

सुखीपुर नगरपालिका ५ का ७१ वर्षीय गनौरा मोचीलाई चिया छोएको भन्दै सुखीपुर ५ का ४५ वर्षीय किसुन यादवले कुटेको पीडित गनौरा मोचीले बताए।

कानुनले नै प्रतिबन्ध लगाएको छुवाछुतलाई लिएर कथित माथिल्लो जातिका मानिसले चिया छोएको विषयमा कुटपिट गरेपछि पीडितलाई न्यायका लागि सहयोग गरिरहेको दलित विकास मञ्च सिरहाका कार्यक्रम संयोजक रविन महराले जिल्ला प्रहरी कायार्लय सिरहामा जाहेरी दिएको बताए।

संयुक्त दलित मोर्चाका संयोजक शिवकुमार महराले कानुन अनुसार छुवाछुत गर्ने लाई कारवाही गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।