सिरहा १४ साउन : दलित विकास मञ्च सिरहाको आयोजनामा कल्याणपुर नगरपालिकाको १० नम्बर वडामा किशोर किशोरिहरुलाई जिवनउपयोगि सिप सम्बन्धि तालिम संचालन गरेको हो । २० वर्ष मुनि उमेर भएको बाल बालिका ३० जना सहभागि भएको थियो । कल्याणपुर न.पा १० का वडा अध्यक्ष धनविर मण्डलले उद्धघाटन गरेको हो ।
उद्धघाटन गर्दै अध्यक्ष मण्डलले उमेर नपुगि हुने विवाहमा बाल वालिकाले आफनो जिवनको बारेमा सचेत हुन जरुरि छ बिवाह गर्ने उमेर ठिक कतिबेला हो कतिबेला होईन त्यो निर्णय आफै लिनु पर्छ भने बालवालिकाहरुलो सहि गलत छुट्याउन शिक्षामा जोडदिन समेत भने । हाम्रो समाजमा शिक्षा लगानि नगरि दहेजको लागि पैसा जोगाउछ त्यो सरासर गल्ति हो शिक्षाको लागि हामिले पैसा जोगाउनु पर्छ मण्डलले भने ।
वडा अध्यक्ष मण्डलले भने कानुनमा २० वर्ष नपुगि विवाह गर्नेलाई बिवाहदर्ता दिनु हुदैन त्यसैले हामि बाल बिवाहलाई बिवाह दर्ता गर्दै नौ त्यसैले पनि कानुन अनुसार २० वर्ष पुगि मात्र बिवाह गर्न सुभाव समेत दिनु भएको हो । दलित विकास मञ्च सिरहाले कल्याणपुर न.पा. १ र १० मिर्चैाया न.पा. १ र १० मा बालबिवाह रोकथाम कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक सरिता महराले बताईन ।
उक्त तालिमको उद्धघाटनमा संस्थाकी अध्यक्ष रुणा कुमारि महराले गरेकि थिईन । तालिमको उद्देश्यको बारेमा संस्थाका सचिव राम चन्द्र महरा ले गरेको छ । नेपालमा अझै ४१ प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालबिवाह हुने गरेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय जनसंख्याा कोषको अनुसार ग्रामिण क्षेत्रमा बसोवास गर्ने मध्ये ४३ प्रतिशत र सहरमा बस्ने २७ प्रतिशत महिलाको बिवाह १८ नपुग्दै हुनेगरेको छ ।
स्थास्थ्य मन्त्रालयको तथ्याक अनुसार प्रदेश नंः२ मा १५ देखी १९ बर्षको उमेरमा बच्चा जन्माउनेहरु २७ प्रतिशत छन । मुलुकी अपराध (संघिता) ऐन, २०७४ भाग २ को परिच्छेद ११ अन्तरगत विवाह सम्बन्धि कसुरको दफा १७३ ले बालविवाह रोक्न कडा प्रावधान ल्याएको हो । बाल बिवाह गर्नेलाई बिवाह दर्ता, बालवालिकाको जन्मदर्ता लगायतका कानुनि सुविधाबाट समेत बञ्चित गरिएकोेले बालविबाहमा कमि आउने बिश्वास छन संस्थाकी कार्यक्रम संयोजक सरिता महराकी छन ।