सामाजिक संजाल

वर्षाले देश आक्रान्त बनेपछि सामाजिक सञ्जालमा भ्यागुताको डिर्भोस् गराईदै

नविन दहाल  ईटहरी ,  केहि समय अघि पानि नपरेको भन्दै बिवाह गराईएको भ्यागुताको अहिले सामाजिक सञ्जाल मार्फत डिर्भोस गराईएको छ  ।

मध्य असार बितीसक्दा समेत पानि नपरेपछि ईन्द« भगवानलाई खुसिपार्न नेपालका विभिन्न स्थानका किसानहरुले भ्यागुताको विवाह गराएका थिए ।

भ्यागुताको विवाह गराईएको  केहि दिन वित्न नपाउदै सुरु भएको निरञ्तरको  वर्षावाट उत्पन्न वाढि र पहिरोले देश आक्रान्त  भईरहेको  वेला विवाह गराईएको  भ्यागुताको  सामाजिक सञ्जालमा डिर्भोस गराईएको तस्विरहरु धमाभम सार्वजनिक भईरहेको छ ।  अस्ति पानी परोस् भनेर भ्यागुतोको बिहे गर्दिनेले तुरुन्तै उनीहरुको डिभोर्स गर्दिनुपर्यो ।

पानीले हद पार गरिसक्यो” यो वाक्य सयौँले कपिपेस्ट गरे। तर असार ३० गते विहानैवाट भ्यागुताको बिवाह भएपछि सूरुभएको वर्षा नरोकिएकोले  गर्दा भ्यागुताको  डिभोर्स गराई एको व्यहोरा जनाईएको पत्रको साथ समाजिक सञ्जालमा स्टाटस तथा तस्विरहरु धमा—धम पोस्ट भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।