सामाजिक संजाल

सिरहामा मुसहर विधार्थीहरुलाई कपि कलम झोला र साईकल वितरण

सिरहा ९ अषाढ । सिरहाको धनगढीमाई नगरपालिका १२ मा एक कार्यत्रम बिच मुसहर विद्यार्थीलाई स्टेशनरी स्वरुप कपी,डट झोला ,साईकल,वितरण,गरेका छन ।

नेपाल राष्टिय मुसहर संघ केन्द्रिय कमिटी माहासचिव राम स्वरूप,सादाको विशेष उपस्थितीमा सो सामाग्री वितरण गरीएको हो । कार्यक्रममा विशेष मन्तव्य दिदै आफै पढेको गाऊँ आफनै ठाँउ,हिमालय आधारभूत विद्यालय धनगढीमाई नगर पालिका,वडा,नं,१२ मा आज बालबालिकाहरुलाई यस्ता किसिमका सहयोग वाडबाट भएकोमा खुशि लागेको छ ।

नगर पालिकाका नगर प्रमुख हरि नारायण चौधरी,१२ वडा अध्यछ,राजु स्रेष्ठ ,पूर्व उपाध्यछ,चौधरी महतो, प्र,अ,भुपेन्द्र हमाल,रिसर्च सेन्टर,विराटनगरका प्रतिनिधिहरुको पस्थिती रहेको थियो ।

स्थानीय नेता,राममणि मिस्रको अध्यछतामा भएको कार्यक्रम वडा नम्बर १२ ले आयोजना गरेको हो । कार्यक्रमको उद्घघोषण,खगेन्द्र मगर,गर्नु भएको थियो भने देवराज हमाल,वि,व्य,स,अध्यछ,प्रसादी महतोले आ आफना विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।