प्रदेश २ · समाचार

सिरहाको गोलबजारमा ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

सिरहा  ७,असार । सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा–८ मा ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

विपरित दिशाबाट आएको टिपरले साइड नदिँदा आफ्नो गाडी नियन्त्रण हुन नसक्दा दुर्घटना ड्राइभरलाई उदद्धृत गर्दै इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर नविन घिमिरेले जानकारी दिए ।

पश्चिमबाट पूर्व गइरहेको ना४ख ९८९७ नम्बरको ट्रकले सोही दिशामा गइरहेको पैदलयात्री नरहा गाउँपालिका–१ तिलासीका ३५ वर्षीय विक्रम उडाउँलाई शनिवार बिहान ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि लैजाने तयारी भईरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।