अटो · कभर स्टोरी · देश बाहिर · नेपाल पोस्ट दैनिक बिशेष · मनोरञ्जन · मुख्य समाचार · समाचार · सामाजिक संजाल · स्वास्थ्य-जीवनशैली

तराई-मधेसको चिसोबाट प्रभावित गरिब परिवारलाई बल्याङ्गकेट राहत

महेश सिंह लहान, सिरहा – कठ्याङ्ग्रिदो जाडोका कारण प्रभावित विपन्न तथा असहाय परिवारलाई राहत दिन लहानस्थित उपाध्याय आयुर्वेद चिकित्सालय का संचालक तथा विश्व हिन्दू परिषद नेपाल का सिरहा जिल्ला कोषाध्यक्ष प्रिय रन्जन उपाध्याय मुन्नाजि डाक्टर साहेब  ३० विपन्न दलित तथा असहाय परिवारलाई न्यानो बल्याङ्गकेट वितरण गरेका छन्। लहान-१७ स्थित गरिब तथा सीमान्तकृत समुदायलाई लक्षित गरी वितरण गरिएको उक्त राहत सामग्रीले स्थानीय बासिन्दामा हर्ष छाएको छ।


बल्याङ्गकेट वितरण कार्यमा अपाङ्ग पुनःस्थापना केन्द्रकाका अध्यक्ष सञ्जय अग्रवाल र लायन्स क्लब अफ लहान फूलबारीकाका निवर्तमान अध्यक्ष तथा ज्योति ट्रेडकाका संचालक मनीष सारडा र आसुतोष  अग्रवालको महत्वपूर्ण आर्थिक सहयोग रहेको थियो। सो कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाले कठिन जाडोयाममा प्रदान गरिएको सहयोगप्रति हर्ष व्यक्त गर्दै सहयोगी मनहरुलाई विशेष धन्यवाद दिएका छन्।
चिसो मौसमका कारण विशेष गरी तराई-मधेसका सीमान्तकृत समुदाय प्रभावित भइरहेको बेला राहत वितरण गरिएको हो। केही दिनदेखि बढ्दो चिसो र शीतलहरले जनजीवन प्रभावित बनेको छ। दैनिक जीवनयापन गर्नसमेत कठिनाइ भइरहेको अवस्थामा न्यानो कपडा वितरणले राहत मिलेको स्थानीयको प्रतिक्रिया छ।
सो अवसरमा बोल्दै डा. मुना उपाध्यायले समाजसेवा आफ्नो प्रमुख दायित्व रहेको भन्दै निरन्तर रूपमा विपन्न तथा असहाय वर्गको हितमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। “मानव सेवा नै धर्म हो भन्ने भावनाका साथ हामीले यस सामाजिक कार्यलाई अगाडि बढाएका हौँ,” उपाध्यायले भने।
स्थानीय सरकारको नजर नपुगेका स्थानमा राहत वितरण गर्नु महत्वपूर्ण कार्य भएको बताउँदै स्थानीय अगुवाहरुले यस्ता सहयोगका कार्यक्रमले गरिब तथा असहाय समुदायलाई थप हौसला मिल्ने बताए।
सहयोगी अग्रवाल र सारडाले पनि गरिब तथा असहाय वर्गलाई आगामी दिनमा समेत आवश्यक सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन्। उनीहरुले यस्तो सामाजिक कार्यमा सहभागी हुन पाउँदा आफूलाई धन्य ठानेका छन्।
तराई-मधेसमा चिसोको प्रभाव बढ्दै गएपछि सरकारी तथा गैरसरकारी निकायहरूले प्रभावित समुदायलाई सहयोग गर्न विशेष पहल गर्नु आवश्यक देखिएको छ।