• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्वास्थ्यकर्मीलाई सम्मानसहित लायन्स क्लबको नि:शुल्क शिविर सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 28, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान–१९ नौडेगामा लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरले विशेषगरी आर्थिक रूपमा कमजोर, दलित, सीमांतकृत, अपाङ्ग तथा टाढा जान नसक्ने समुदायका लागि ठूलो राहत प्रदान गरेको छ।
शिविरमा फुलबारी क्लिनिकका वरिष्ठ जनरल फिजिसियन डा. रितेश कुमार गिरी, महिला रोग विशेषज्ञ डा. गीता यादव, रेडियोलोजिस्ट बिनय यादव र सिद्धान्त यादव, एलआरएलका संचालक विजय यादव, ल्याब टेक्निसियन सुशमा साह, हेल्थ असिस्टेन्ट उषा यादव र ल्याब टेक्निसियन रेखा यादवको नेतृत्वमा बिरामीलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण र औषधि वितरण गरिएको थियो।
कार्यक्रमको उद्घाटन लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष शंकरप्रसाद गुप्ताले गरेका थिए। प्रमुख अतिथि वडा नम्बर १९ का अध्यक्ष मोहम्मद कमरुदिन राईनले शिविरको महत्वमाथि प्रकाश पार्दै आर्थिक अभावका कारण उपचारका लागि धरान, विराटनगर वा काठमाडौं जान नसक्ने स्थानीयका लागि यस्तो सेवा निकै महत्त्वपूर्ण रहेको बताए। उनले यस प्रकारका सेवामूलक कार्यमा सक्रिय रहँदै आएको लायन्स क्लब अफ लहान फुलबारीलाई धन्यवाद व्यक्त गरे।
शिविरमा तीन सयभन्दा बढी बिरामीले स्वास्थ्य जाँच गराई आवश्यक परामर्श र औषधि प्राप्त गरेका छन्। विभिन्न रोगका विशेषज्ञ र प्राविधिकहरूको सहयोगमा बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष शंकरप्रसाद गुप्ताले शिविर सफल बनाउन योगदान दिने सबै स्वास्थ्यकर्मी र डाक्टरहरूलाई सम्मानपत्र प्रदान गरेका छन्। उनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
शिविरमा सेवा लिएका स्थानीयले गाउँमै यस्तो गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा खुशी व्यक्त गर्दै आयोजक संस्थालाई धन्यवाद दिएका छन्।
लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष गुप्ताका अनुसार, क्लबले आगामी दिनमा पनि ग्रामीण भेगका विपन्न र सेवाबाट वञ्चित नागरिकको लागि यस्ता शिविर सञ्चालन गर्ने योजना बनाएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑