• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रक्तदानमा योगदान दिने संघसंस्था र व्यक्तित्व सम्मानित

नेपाल पोस्ट दैनिक
    December 28, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान, सिरहा – नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाले आफ्नो २१औं वार्षिक साधारणसभा शनिबार लहानमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम उपशाखाका सभापति फुलेश्वर महतोको अध्यक्षतामा र लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको प्रारम्भ राष्ट्रिय गानसहित गरिएको थियो। प्रमुख अतिथि चौधरीले रेडक्रसजस्तो मानवीय सेवामा समर्पित संस्थाको योगदानलाई प्रशंसा गर्दै रक्तदानको महत्त्वबारे प्रकाश पारे। “रक्तदान महादान हो, यसले जिवन बचाउँछ। समाजका सबै तह र तप्काबाट यसको अभियानलाई सशक्त बनाउनु पर्छ,” उनले भने। नगरपालिकाले रेडक्रसका गतिविधिहरूलाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
साधारणसभामा विभिन्न संघसंस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। ब्लड फोर नेपाल, लहान सिटी जेसिज, नेपाली कांग्रेस नगर कार्यसमिति, लहान नगरपालिका लगायतका संघसंस्थालाई कदरपत्र प्रदान गरिएको थियो। आपतकालीन अवस्थामा रक्तदान गर्ने रक्तदाताहरूलाई पनि विशेष सम्मान गरियो।
शाखाको भौतिक सामग्रीको व्यवस्थापन र कार्य विस्तारमा योगदान दिने व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरियो। उनीहरूको योगदानले समाजसेवामा नयाँ ऊर्जा थपिएको शाखाका सभापति महतोले बताए।
शाखाका कार्यालय प्रमुख मनिष कुमार यादवले साधारणसभामा झन्डै सयजना सहभागी भएको जानकारी दिए। कार्यक्रममा रेडक्रसका पुराना स्वयंसेवकदेखि युवा सदस्यहरूको पनि सक्रिय उपस्थिति थियो।
कार्यक्रममा विभिन्न संघसंस्थाले रेडक्रसलाई आर्थिक र सामग्री सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए। नगर प्रमुख चौधरीले आगामी दिनमा नगरपालिकाको तर्फबाट थप सहयोग गर्ने आश्वासन दिए। साधारणसभा विभिन्न सम्मान, प्रतिवेदन प्रस्तुतिकरण,र आगामी योजनाको चर्चा गर्दै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑