• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ढेकहाका अग्निपीडितलाई विभिन्न संघसंस्थाबाट सहयोग

नेपाल पोस्ट दैनिक
    December 19, 2024  मा प्रकाशित

Spread the love
      

सिरहा- नवराजपुर गाउँपालिका–१ ढेकहामा शुक्रबार साँझ करिब ३ बजे बिद्युत् सर्ट भएर लागेको आगलागीमा १० लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
आस्था नेपाल, लहानले करिब ४० हजार रुपैयाँ बराबरको राहत सामग्री पीडित परिवारलाई उपलब्ध गराएको छ। सहयोग सामग्रीमा ग्यास सिलिन्डर, चुलो, खाद्यान्न, लत्ताकपडा लगायत रहेका छन्।
राहत वितरण कार्यक्रममा मधेस प्रदेशसभा सदस्य संजय यादव, उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडा, आस्था नेपालका अध्यक्ष सुदीपराज कुशवाहा, कोषाध्यक्ष विजय यादव, रामप्रकाश सिंह र त्रिलोक यादव लगायतका व्यक्तिहरू सहभागी थिए।
पीडित रबि लाल यादव र चन्द्र देश्वर यादवका घर तथा गोठ जलेर पूर्णरूपमा नष्ट भएको स्थानीयवासीले जनाएका छन्। आगलागीबाट पीडित परिवारलाई वडाध्यक्ष नवीन कुमार यादवले ५० किलो धान र २१ सय रुपैयाँ नगद सहयोग गरेका छन्। सिरहा जिल्लाबाट प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले ७ हजार रुपैयाँ र बिनोद यादवले ५ हजार रुपैयाँ प्रदान गरेका छन्।
स्थानीय सरकारको तर्फबाट गाउँपालिकाले केही खाद्य सामग्री र दुई थान ब्लाङ्केट सहयोग गरेको छ। आगोले भौतिक क्षति पुर्‍याएपछि राहतको पहलमा विभिन्न संघसंस्थाहरूको सक्रियता देखिएको छ।
स्थानीयवासी सीताराम यादवका अनुसार आगलागीमा घर, गोठ र अन्य संरचनासहित करिब १० लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको हो। पीडित परिवारको पुनर्स्थापनाका लागि थप सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑