लहान, सिरहा – २०१५ देखि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रले मधेस प्रदेशका गरिब तथा बिपन्न समुदायका नागरिकका लागि फिजियोथेरापी, सहायक सामग्री, र अन्य स्वास्थ्य सेवामा उल्लेखनीय सहयोग गर्दै आएको छ। यसै क्रममा, अस्पतालले २२ लाख रुपैयाँ बराबरका सहायक सामग्री हस्तान्तरण गरेको छ।
आयोजक संस्थामा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र,विकलाङ्ग मित्र समूह,RDC, HR, Enabling Abilities क्लब फुट क्लिनिक लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले अस्पताल निर्माणका लागि ५ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले समाजमा अपाङ्गता भएका व्यक्तिलाई समान व्यवहार गर्नुपर्ने भन्दै मानवतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।
उक्त कार्यक्रममा लहान रेड क्रसका सभापति फुलेश्वर महतो, वडाअध्यक्ष राम दयाल महतो, लायन्स क्लब अफ लहान फुलवारीका अध्यक्ष शंकरप्रसाद गुप्ता, समाजसेवी गंगाराम महतो लगायतको उपस्थिति रहेको थियो।
यस सहयोगबाट सिरहा, सप्तरी, धनुषाका गरीब, दलित, र बिपन्न समुदायका व्यक्तिहरूले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
मधेस प्रदेशका प्रमुख भोगेन्द्र महतोले फिजियोथेरापी तथा सहायक सामग्री निर्माण कार्यशालालाई यस अभियानको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै अस्पतालको योगदानले गरिबहरूको ठूलो आर्थिक बोझ कम भएको बताए।