• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पुरानो रिसिबीको कारण विष हालिएको आशंका प्रहरी उदासीन, किसानले न्यायको माग

नेपाल पोस्ट दैनिक
    December 2, 2024  मा प्रकाशित

Spread the love
      

अज्ञात समुहले विष हालेर माछा मार्दा १२ लाखको क्षति, युवा किसान यादव स्थानीय सरकार संग क्षती पुर्तीको माग

सिरहा – धनगढीमाई १ सन्गोरा बजार: बुधबार राति धनगढीमाई नगरपालिका–१ सन्गोरा बजारमा रहेको पोखरीमा विष हालेर माछा मारिएको घटना सार्वजनिक भएको छ। स्थानीय किसान राम चलितर यादवको निजी १४ कठ्ठा जग्गामा रहेको तीनवटा पोखरीमा विष हालिएपछि पोखरीमा भएका सबै माछा मरेका छन्। घटनाबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

यो योजनाबद्ध अपराधको रूपमा देखिएको घटनाले यादवको करिब १० वर्षको परिश्रम खेर गएको छ भने गाउँलेहरू समेत चिन्तित र आक्रोशित बनेका छन्।
दशक लामो परिश्रम खेर
राम चलितर यादवले सन् २०१३ देखि माछा पालन र कुखुरापालन व्यवसाय गर्दै आएका थिए। आफ्नै जग्गामा पोखरी खनेर व्यवसाय सुरु गरेका यादवले परिवारको जीविकोपार्जनको मुख्य आधार माछा पालनलाई बनाएका थिए। व्यवसायबाट राम्रो आम्दानी हुँदै आए पनि बुधबार रातिको घटनाले उनको सपना र मेहनतमाथि प्रहार भएको छ। “सबै माछा मरेपछि अब परिवार कसरी चलाउने भन्ने चिन्ता छ,” यादवले भने।
पुरानो रिसिबीको आशंका
घटनाको स्पष्ट कारण नखुले पनि यादवले गाउँकै केही व्यक्तिसँगको पुरानो रिसिबीका कारण यो घटना भएको दाबी गरेका छन्। “यो घटनामा निश्चित व्यक्तिको हात रहेको छ,” उनले भने। यादवले दोषीलाई पहिचान गरी कानुनी कारबाहीको माग गरेका छन्।
स्थानीयवासीको आक्रोश
घटनाले गाउँलेहरू आक्रोशित भएका छन्। स्थानीय राम स्वरूप मोचीले भने, “किसानलाई यस्तो गर्ने काम अक्षम्य छ। गाउँका सबैलाई यस्तो घटनाले दुःखी बनाएको छ।”
अर्का स्थानीय किसुन देव कामतले किसानको कडा मेहनत र लगानीमाथि भएको यो प्रहार गाउँको प्रतिष्ठामाथि धावा भएको बताए। “यस्ता अपराधीलाई तुरुन्तै पक्राउ गर्नुपर्छ,” कामतले भने।

प्रहरीप्रति गुनासो

पीडित किसान यादवले प्रहरी प्रशासनले घटनाप्रति कुनै चासो नदेखाएको आरोप लगाएका छन्। “मैले प्रहरीलाई खबर गरेको भए पनि हालसम्म ठोस कदम चालिएको छैन,” उनले भने। यादवका अनुसार घटना गम्भीर हुँदाहुँदै पनि प्रहरीको उदासीनताले किसानलाई अझ पीडा थपेको छ।

क्षतिपूर्तिको माग

घटनाबाट आर्थिकरूपमा ध्वस्त भएका यादवले स्थानीय, प्रदेश, र संघीय सरकारसँग क्षतिपूर्तिको माग गरेका छन्। “मेरो परिवारको एकमात्र आम्दानीको स्रोत माछा पालन थियो। सरकारको ध्यानाकर्षण हुनुपर्छ,” उनले भने। यादवले कृषकलाई सुरक्षाको प्रत्याभूति दिन सरकारसँग आग्रह गरेका छन्।

दोषीलाई कडा कारबाहीको माग

स्थानीयवासी र किसान अधिकारकर्मीहरूले दोषीलाई कानुनी दायरामा ल्याउन जोड दिएका छन्। “कृषिमा योगदान गर्ने किसानलाई यस्तो अमानवीय व्यवहार सह्य हुँदैन,” स्थानीय अगुवा रामचरण यादवले भने।

सरकारले ध्यान दिनुपर्ने

यो घटना किसानमाथिको ठाडो प्रहार भएको भन्दै स्थानीय र प्रदेश सरकारलाई यसमा तुरुन्त कदम चाल्न अपिल गरिएको छ। “यो केवल एक किसानको व्यक्तिगत क्षतिमात्र होइन, यसले कृषिमा लागेका अरू किसानको मनोबल कमजोर बनाउँछ,” स्थानीय राम स्वरूप मोचीले भने।

यो घटनाले राज्यले कृषकलाई प्रदान गर्ने सुरक्षाको प्रश्न उठाएको छ। किसानमाथि हुने यस्ता प्रहार रोक्न ठोस नीति र क्षतिपूर्तिको सुनिश्चितताका लागि सबै तहका सरकारको ध्यानाकर्षण गराइएको छ

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑