– लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६, सितापुर माको बर्थिङ सेन्टरको अवस्था दयनीय रहेको स्थानीयले गुनासो गरेका छन्। ७ जनाको दरबन्दी रहेको यो स्वास्थ्य संस्थामा कार्यालय समयमा छड्के अनुगमन गर्दा समेत कर्मचारीहरू अनुपस्थित पाइएका छन्। स्थानीयले बर्थिङ सेन्टरका इन्चार्ज परिवर्तन गरी सेवा सुधार गर्न माग गरेका छन्।
स्थानीयहरूका अनुसार स्वास्थ्य संस्थाको कमजोर व्यवस्थापनका कारण बिरामीहरूको चाप दिन प्रतिदिन घट्दो छ। गुणस्तरीय सेवा प्रवाह नहुँदा बिरामीहरू अन्यत्र जाने क्रम बढेको छ। बर्थिङ सेन्टरमा आवश्यक औषधिको समेत अभाव रहेकोले बिरामीहरूलाई सेवा दिन कठिनाइ भएको स्थानीय सेवा ग्राहीहरूले बताएका छन्।
स्वास्थ्य शाखा प्रमुखको पनि यथोचित ध्यान नपुगेको र नियमित अनुगमन नगरेको आरोप स्थानीयहरूले लगाएका छन्। “सरकारी उपचार र निःशुल्क औषधि कुनै कामको छैन” भन्ने आम धारणा सिर्जना भएकाले सेवा लिन आउनेहरू घटेका छन्।
अनुगमन टोलीले बर्थिङ सेन्टरमा एक जना पनि बिरामी भेट्न नसकेको जनाएको छ। साथै, सेवाग्राहीले यो संस्थाबाट निःशुल्क औषधि पाउन नसकेको र सेवा स्तरमा सुधार नआउँदा जनताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परेको बताएका छन्।
स्थानीयका अनुसार, स्वास्थ्य सेवा सुधारका लागि तत्काल कदम चाल्नुपर्ने, आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने, र इन्चार्जलगायत जिम्मेवार व्यक्तिहरूलाई कार्य सम्पादनमा सुधार गर्न दबाब दिनुपर्ने माग गरिएको छ। यस विषयमा गाउँपालिका र सरोकारवाला निकायले ध्यान दिन आवश्यक देखिएको छ। निजि घर जस्तो बोर्ड बिनाको स्वास्थय चौधरी कसैको निजि घर हो क्याकटरी ।
निष्कर्ष
सितापुर माको बर्थिङ सेन्टरको अवस्थाले समग्र स्वास्थ्य प्रणालीको लापरवाही उजागर गरेको छ। यदि तत्काल सुधारात्मक कदम चालिएन भने यसले स्वास्थ्य सेवामा थप समस्या सिर्जना गर्न सक्छ। जिम्मेवार पक्षहरूले आवश्यक कदम चाल्दै सेवाग्राहीको विश्वास फर्काउने काम गर्नुपर्ने देखिन्छ।