विसुन देव सरदार लहान २२ पुस। सिरहा जिल्लाको अौरही गाउँपालिका वडा नम्बर ३ करहर्बा आज कलश यात्रा सम्पन्न भएको छ। उक्त कलश यात्रामा गाउँका दिदी बहिनी तथा स्थानीयहरु सहभागी भएका थिए।
श्री श्री १०८ श्री श्रीमद भागवत कथा ज्ञान महायज्ञ करहर्बामा बुधबार बाट श्रीमद भागवत ज्ञान महायज्ञ सप्ताह शुरु भएको स्थानीय गाउँबासी लोकेन्द्र यादवले जनाएको छ। महात्मा श्री राम उदगार दासजी महाराज ज्युको मुखार विन्द कथा वाचन भईरहको छ।
पुस २२ गते देखि पुस २८ गतेसम्म हुने। उक्त श्रीमद भागवत सप्ताह साँझको ६ : ३० वजे सम्म भइरहेको स्थानीय युवा लोकेन्द्र यादवले वताए ।