सिरहा, १७ मंसिर । सिरहाको गोलबाजर नगरपालिका ४ का दुई कपडा पसलमा आगलागी हुदा करोडौं मूल्यको कपडा जलेर नष्ट भएको छ । कञ्चन बस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लाएसमा सोमबार राती भएको आगलागीमा ५० हजार नगद सहित करिव दुई करोड मूल्यको कपडा जलेर नष्ट भएको हो ।
आगलागीका कारण ५० हजार नगद सहित २ करोड भन्दा बढीको क्षति भएको बस्त्रालयका सञ्चालक लालबाबु साहले बताएको छ । दुई जनाको कपडा पसलमा आगलागगी भएकाले ठूलै परीमाणमा क्षति भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख सन्तोष राईले बताए । प्रमुख राईका अनुसार ‘कपडा पसलेले २ करोडको नोक्सानी भएको बताएपनि हाम्रो तर्फबाट अनुसनधान भईरहेको छ ।’
सवै सटर वन्द रहेकाले विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिए पनि आगलागीको कारण खुल्न सकेको छैन । आगलागीका कारण पसलमा रहेका सम्पूर्ण कपडा, लगाएका अन्य सामाग्री जलेर खरानी भएका छन् ।
कपडा पसलमा लागेको आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र गोलबजार, मिर्चैया र लहानबाट आएको दमल र स्थानीलयले नियन्त्रणमा लिएको छ ।