• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भाई–बहिनीको प्रेमको प्रतिक सामा–चकेवा पर्व तराईमा धुमधामका साथ मनाइदै

नेपाल पोस्ट दैनिक
    November 29, 2020  मा प्रकाशित

Spread the love
      

रोहित कुमार मण्डल लहान, १४ मंसिर । साम चको साम चको अहिय है ….
जोतला खेतमे बैसिय है ….
सबरंग पटिया ओछाबिय है…..
ओई पटियापर क्या क्या जना…..
यस्तै कर्ण प्रिय लोक गीत गाउंदै घरघरै टोल–टोल डुलेर नाचगान र एक ठाउंमा जम्मा भई हर्षाेउल्लाससंग मनाइने दाजु भाई, दिदी बहिनीको मायाको प्रतिकको रुपमा रहेको पौराणिक लोकपर्व सामा–चकेवा धुमधामका साथ मनाइदै छ ।
सांस्कृतिक धरोहरको रुपमा रहेका मिथिलाक्षेत्रमा शताब्दीऔंदेखि शहरी तथा ग्रामीण क्षेत्रका साना केटीदेखि लिएर बृद्ध महिलाहरुसम्म सामा चकेवा पर्व बडो निष्ठापूर्वक मनोरञ्जन गरी मनाउने गर्दछन् । कार्तिक पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमाको दिन अर्थात १५ दिनसम्म मनाउने यो पर्व बहिनीहरुले दाजुभाईको दीर्घायूको लागि कामना गर्दै श्रद्धाको साथ मनाउने गरेको सिरहाको लक्ष्मीपुर पतारीका –६ का कबितादेवी मण्डल बताउंछिन् ।
उनका अनुसार, कांचो माटोबाट बनेको मानव आकृति, पशुपंक्षीको आकृति कांचो रहियो भने यसलाई सामा भनिन्छ र उक्त आकृति भएको मूर्तिलाई आगोमा पकाइयो भने त्यसलाई चकेवा भनिन्नछ । सामा भगवान श्रीकृष्ण र जाम्ववतीकी छोरी थिइन् । सकृन्त पंक्षीको रुपमा बहिनीले भाईको दीर्घायू र कल्याणको लागि यो पूजा गर्दछिन् । भाई टिकाको दिनदेखि निष्ठापूर्वक यसको आरम्भ हुन्छ । राति राति घरछिमेकीका महिलाहरु एक ठाउंमा जम्मा भई ढक्कीमा सामा–चकेवा लगायत अन्य मूर्तिहरु सजाएर दियोवाली गीत गाउंदै यो पर्व मनाउंन्छ ।
पद्मपुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको छोरीको नाम सामा थियो र त्यही बृन्दावनमा चक्रवात नाम गरेको एउटा सुन्दर कुमार बसदथ्यो । सामा र चक्रवात एकआपसमा प्रेम गर्थे । ती राज्यको महासामन्त चुडक (चुगला) पनि सामालाई चाहन्थ्यो । तर सामाले चुडकको प्रेमलाई अस्वीकार गरेपछि दुष्ट चुकले सामार चक्रवात (चकेवा) को प्रेम प्रसंग भगवान श्रीकृष्णलाई सुनाई दिन्छन् । सोही कुरालाई लिएर भगवान श्री कृष्णले आप्mनी छोरी सामालाई चरा बन्ने सराप दिनुहुन्छ । सराप पाउने वित्तिकै सामा चरीको रुप धारण गर्छिन् र उडेर वृन्दावन तर्पm जान्छिन् । सामा चरी भईसकेकी थाहा पाएपछि प्रेमी चक्रवात सामाको वियोगमा स्वेच्छाले चराको रुपधारण गर्न पुग्छ, सिरहाको मझौरा निवासी विनीताकुमारी यादव बताउंछिन् ।
भगवान श्रीकृष्णको छोरा साम्य राजधानी मथुरा फर्केपछि बहिनी सामा बुवाको सरापले चरी रुपधारण गरेकी थाहा पाए र बाबु कृष्णसंग क्षुब्ध भई सामा तथा चकेवा पुनः मनुष्यरुपमा फर्काउन बृन्दावनमा गएर घोर तपस्या गर्छन् । उता चुडकको कारण सामाले दुःख पाएको भनि मथुराका सबैले चुडकलाई समातेर उसको मुख र जुंगा आगो लगाई दिन्छन् । आपूmमाथि मथूरावासीले गरेको अन्याय सहन नसकि चुडकले बृन्दावनमा आगो लगाई दिन्छन् । त्यसैबेला साम्बले गरेको घोर तपस्याबाट ठूलो हुरीबताससंगै घनघोर पानी पर्दछ । उक्त हुरीबतासले बृन्दावनको एउटा रुख ढलेर चुडकको जीउमा पर्छ । चुडक त्यही रुखबाट किचिएर मर्छ ।
यता साम्बको तपस्याबाट खुशी भएर भगवान श्री विष्णुले पुनः मनुष्य रुपमा वरदान दिएपछि सामा र चकेवा फेरि मनुष्यको रुपमा आउने वरदान दिएपछि सामा र चकेवा फेरि मनुष्यको शरीर धारण गर्दछन् । त्यहींबेलादेखि सामाले भनेकी थिइन–‘मेरो भाईले मलाई उद्धार गरेजस्तै जुन बहिनले माटोको सामा–चकेवा बनाएर यो पर्व मनाउंछ उसको भाईको दीर्घायू हुनेछ त्यही परम्पराअनुरुप यो पर्व मनाउन थालेको हो ।
पर्वको अन्तिम दिन गाउँका सम्पूर्ण महिलाहरु एक ठाउँमा जम्मा भई संकलन गरेको अन्नपात र रकमको समाजका मान्यजन र इष्ट मित्रलाई एकत्रित गरेर भोजभतेर नाचगान गरेर मनोरञ्जन गर्ने गरिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑