• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

व्यङ्ग्य: ह्यापी लकडाउन डे!

नेपाल पोस्ट दैनिक
    August 11, 2020  मा प्रकाशित

Spread the love
      

✍️लक्ष्मण साह ।हिन्दुहरुको मात्र नभई संसारका सबै धर्मावलम्बीहरु र नेपाल देशका लागि मात्र नभई संसारका सबै देशहरुको महान चाड हो “लकडाउन”। यो कुनै तिथिमिती अनुसार मनाइने चाड होइन। कुनै पनि देशको सरकारको चाहना अनुरुप मनाइने गरिन्छ यो चाड। यसलाई अरु पर्वहरुभन्दा पृथक के कुराले बनाउँछ भने यो अरु पर्वहरुजस्तो वर्षमा एक पटक नभइ सरकारकै इच्छाअनुरुप महिनामै कैयौंपटक पनि मनाइन्छ। अन्य चाडहरुझै यो चाड मनाउनुको पनि छुट्टै इतिहास रहेको छ।

सन् 2019 को December महिनाको अन्तिमतिर चिनको वुहान सहरका स्थानिय बासिन्दाहरुले विशाल यज्ञको आयोजना गरेका रहेछन्। त्यस बखत त्यही यज्ञमा एउटा अप्रिय घटना घटेको रहेछ, जसले गर्दा दुष्ट शक्तिहरू सक्रिय भइ त्यसको प्रकोपबाट त्यहाँका मानिसहरु मर्न थालेका रहेछन्। पछि विज्ञहरुले त्यस दुष्ट शक्तिको नामाकरण गरि त्यसलाई “Corona” वा “Covid-19” भन्न थालेका रहेछन्। त्यस यज्ञमा विभिन्न अन्य देशका नागरिकहरु पनि भाग लिएको मानिन्छ। त्यहाँ पुगेका सम्पुर्ण मानिसहरुलाई प्रकोपले प्रत्यक्षरुपमा असर गरेको रहेछ र पछि त यसले संसारको सबै ठाउँमा आफ्नो डेरा जमाएको रहेछ। त्यसपछी त्यसको रोकथामका लागि जानकारहरुले विभिन्न उपायहरु बताए। ती मध्य मुख-नाक छोप्नु, हात साबुन पानीले सफाले धुनु, अर्को व्यक्तिको सम्पर्कमा सकेसम्म नआउनु जस्ता प्रमुख उपायहरु सामेल रहेछन्। यति गरिसकेपछी पनि डर रहिरहने तर रोकथाम भने गर्न सकिने रहेछ। एकअर्काको सम्पर्कलाई रोक्न सबै देशका सरकारहरुले एउटा नयाँ किसिमको योजना बनाएका रहेछन् , जसको नाम हो “लकडाउन”। यस योजना अनुसार सबै जना आफ्नो घरमै बस्ने, अतिआवश्यक काम परेको बेला मात्र घर बाहिर निस्कने, घरमै साबुन पानीले मिचिमिची हात धुनेजस्ता प्रावधानहरु लागू गरिएको रहेछ। त्यस दुष्ट शक्तिको प्रभाव अझ पनि रहिरहेको हुनाले चली आएको परम्परालाई निरन्तरता दिने क्रममा लकडाउन पर्व मनाउन थालिएको मानिन्छ।

निकै बढी दिनसम्म मनाइने यो चाड आजबाट शुरु भएको छ। आजबाट यहि साउन ३२ गते सम्म मनाउने भनिएको लकडाउन परिस्थिती असहज भएमा थप केही दिन लम्बिन पनि सक्ने अनुमान गर्न सकिन्छ। त्यस दुष्ट शक्तिलाई कहिल्यै पनि पुर्णरुपमा नष्ट गर्न नसकिने पनि केही विज्ञहरुको धारणा रहेको छ। तर उनिहरु यसको विनाशको उपाय खोज्न लागिपरेका छन। लकडाउन पर्वलाई त्यस दिनसम्म निरन्तरता दिइनेछ जहिलेसम्म यसको कुनै ठोस उपाय पत्ता लाग्ने छैन। दिर्धायुका लागि मनाइने यो चाडको नीतिनियमहरुलाई पालना गर्दै राम्रोसँग मनाउन आग्रह गर्दछु। लकडाउन पर्वको धेरै-धेरै शुभकामना!

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
  • दाजु भाईमा अंश बण्डा नहुदा भाईको बिजोग, गह भरी आँशु झार्दै पत्रकार बिच
  • नेपाल कुशवाहा कल्याण सेवा समाज सिरहाको जिल्ला अधिवेशन तोकिएकै मितिमा गर्ने
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑