मुलुकी अपराध संहिता २०७४ मा Acid attack सम्बन्धि कानूनी व्यवस्था
नेपाल पोस्ट दैनिक
July 26, 2020
मा प्रकाशित
Spread the love
गुमस्ता कुमार यादव. मुलुकी अपराध संहिता २०७४ मा Acid attack सम्बन्धि कानूनी व्यवस्था र सजाय : दफा १९३ :- तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुनेः (१) कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
उसले उनको अनुहारमा एसिड फ्याँकी, उनको सपना, विश्वास मा छैन। उनीले जलेको संवेदना सहन सक्छिन्, तर समाज प्रती को आरोप छैन।
मानिसहरूले उसलाई हाँसोमा उडाए, उनलाई मतलब भएन तर जब उसको परिवार आयो उसले सहन गर्न सकेन। उनी पीडित थिईन् तर उनलाई अपराधी जस्तो व्यवहार गरियो। यो कुनै पांडुलिपिमा लेखिएको छ र ! ?
उनले तीन पटक आत्महत्या गर्न खोजे, उनी मुश्किलले एक मुठ्ठी चामल खान सक्छिन्। जुन दिन उनीले आफनो जलेको अनुहार देखे, उनले आफूलाई घृणा गर्न थालिन्।
वास्तविक अपराधी जेलको पछाडि थिएन, उनी घण्टा सम्म यस बारेमा दैनिक सोच्ने गर्थे। उनलाई कहिले पनि आफ्ना विचारहरू व्यक्त गर्न दिइएन, उनले उनलाई नाइन भनिन र उनको जीवन मुद्दा बन्यो ।
एसिड प्रहार को मुद्दा हाम्रो समाजमा बढी रहेको अवस्था छ । एसिड प्रहार गरि नारीको जिन्दगी नै तहस नहस बनाउँने यस्तो जघन्य अपराध एसिड प्रहार गर्ने अपराधीलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ । यदि नेपालमा न्याय छ? भने जन्मकैदको सजाय दिए नि हुन्छ। महिला को अधिकार र स्वतन्त्रता हनन अत्याचार हिन्सा आखिर कहिले सम्म् हो मेरो सरकार न्याय_चाहियो न्याय चहियो !!! लेखक :- गुमस्ता कुमार यादव ठेगाना :- कुसहा लक्ष्मीनिया,सुखिपुर न.पा.-३,सिराहा ।