• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

श्रम दुःख होइन, यस्तो छ यसको मूल्य र महिम

नेपाल पोस्ट दैनिक
    May 1, 2020  मा प्रकाशित

Spread the love
      

श्रम के हो ? हामी भन्छौं, श्रम गर्नु भनेको काम गर्नु हो । काम गर्नुलाई हामी ‘दुःख गर्नु’ भन्छौं । के त्यसो भए श्रमको अर्थ दुःख हो ?

श्रमको मर्म र महत्वलाई हामीले यसरी अपव्याख्या गर्नु ठिक होइन । सार्थक ढंगले गरिने कुनैपनि श्रमले मान्छेलाई सफलताको उचाईमा पुर्‍याउँछ । श्रमले बाँच्न सिकाउँछ । श्रमले जीवनको सार्थकता बुझाउँछ । श्रम गर्नु भनेको संघर्ष गर्नु पनि हो । संघर्षले नै जीवन सार्थक बनाउँछ । यसर्थ श्रम कुनै दुःख होइन ।

पूर्विय दर्शनमा भनिएको छ, ‘श्रम गर, फलको आशा नगर ।’ सार्थक ढंगले गरिएको कुनैपनि श्रमले नतिजा त दिन्छ नै । यद्यपी श्रम गरिरहँदा त्यसको नतिजाप्रति आशक्ति रहनु वा व्यग्र रहनु उचित होइन । श्रम गरेपछि त्यसले आवश्य सुख दिन्छ ।

बुद्ध दर्शनले पनि श्रमको मर्म र महिमा बताएको छ । सार्थक र सही श्रमलाई नै धर्मको अंश मानेको छ । अतः श्रमप्रति इमान्दार र अनुशासित रहन प्रेरित गरेको छ । यस किसिमको श्रमबाट सुख र शान्ति प्राप्त हुने बाटो देखाइएको छ ।

श्रम दुःख हो ?

वर्तमान समाजले श्रमको अपव्याख्या गर्दै गएको छ । श्रमलाई दुःख र श्रम गर्नेलाई ‘दुखी’ भन्ने गरेको छ । हाम्रो मनस्थिती नै यस्तो भएको छ कि, श्रमलाई हामी दुःख ठान्छौ । त्यही कारण आज हामी श्रम गर्नबाट पन्छिने गरेका छौ ।

हामीलाई श्रम गर्न आज लाज लाग्छ । श्रम गर्नु भनेको सानो हुनु भन्ने बुझाई छ । श्रम गर्दा दुःख हुन्छ भन्ने बुझाई छ । यही बुझाईको कारण आज श्रम र श्रम गर्नेलाई हामी हेय दृष्टिले हेरिरहेका छौ । जबकी श्रम नै सुखको सर्वोच्व स्रोत हो ।

खासगरी शारीरिक श्रम आज एक लाज लाग्ने कृतय भएको छ, यो लाजको विषय बनेको छ । श्रमप्रतिको यस्तै बुझाईमाथि कटाक्ष गर्दै एक पश्चिमी विचारकले भनेका थिए, ‘अब एक जमाना यस्तो पनि आउनेछ कि, मान्छेले आफ्नो प्रेम पनि कामदारलाई गर्न लगाउनेछन् ।’

श्रम र शरीरको सम्बन्ध

दार्शनिक ओशो भन्छन्, ‘सारा जीवनको जो शक्ति छ, त्यो गुमाइरहेका छौ । किनकी मानिसको शरीर, मानिसको प्राण कुनै विशिष्ठ श्रमका लागि निर्मित भएको हो ।’

श्रम मानसिक तथा शारीरिक दुबै किसिमको हुन्छ । हामी आज मानसिक श्रम गर्नेलाई उच्च र शारीरिक श्रम गर्नेलाई कमजोर ठान्ने गर्छौं । जबकी शारीरिक श्रम नै मानिसको चेतना र उर्जा जगाउने अनिवार्य स्रोत हुन् ।

श्रमको सन्दर्भमा एउटा घतलाग्दो कथा छ ।

अब्राहम लिंकन, जो अमेरिकी राष्ट्रपति थिए, उनी बिहान आफ्नो घरमा बसेर जुत्ता पालिश गरिरहेका थिए । त्यहीबेला उनका एक मित्र आइपुगे । मित्रले आश्चर्य मान्दै भने, ‘तिमी यो के गर्दैछौ, तिमी आफ्नो जुत्ता आफै पालिश गर्छौ ?’

लिंकनले भने, ‘तिमीले मलाई बडो चिन्तित बनाइदियौ । के तिमी आफ्नो जुत्ता अरुलाई पोलिश गर्न लगाउँछौ ?’

मित्रले गर्वसाथ भने, ‘हो, म यस्तो काम अरुलाई नै लगाउँछु ।’

तब लिंकनले दुःख मान्दै भने, ‘अर्काको जुत्ता पोलिश गरिदिनुभन्दा पनि खराब कुरा त अर्कालाई जुत्ता पोलिश गर्न लगाउनु हो ।’

यसको अर्थ के हो भने, जीवनको सोझो सम्बन्ध हामी गुमाउँदैछौ । जीवनसँग हाम्रो सोझो सम्बन्ध श्रमको समबन्ध हो । प्रकृतिसँग हाम्रो सोझो सम्बन्ध हाम्रो श्रमको सम्बन्ध हो । ओशो यसै भन्छन् ।

जब मानिस श्रमबाट टाढा हुन्छन्, तब उनीहरु जीवनबाट टाढा हुन्छन् ।

जीवन र श्रम समानार्थक हो । जीवन र श्रमले एकै अर्थ राख्छ । तर, अहिले हामी सुविधाभोगी हुने चक्करमा र सुखको खोजीमा श्रम त्याग्दैछौ । श्रम गर्नबाट पन्छिदैछौं ।अन्लाईन खबर

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑