समाचार

धनुषामा घाँटि थिचेर गरे श्रीमतीकी हत्या

धनुषा २० माघ ।   सामान्य विवादमा धनुषाको ओरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या गरेको आरोपमा श्रीमान, सासुससुरासहित चार जना पक्राउ परेका छन्।

माघ १८ गते चिन्तामणि र उनकी नन्दु पुनिताबीच सामान्य विवाद भएको थियो। त्यहि विषयमा झगडा भएपछि उनका पति अनिलले घाँटी थिचेका थिए। घाँटी थिच्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसपछि उनीहरुले डोरीमा झुण्ड्याएको प्रहरी अनुसन्धानमा खुलेको छ। उनी झुण्डिएको भन्दै रिक्सामा राखेर अस्पताल लगेका थिए। त्यसबारे स्थानीय वासिन्दाले प्रहरीलाई सूचना दिएको थियो। प्रहरीले प्रादेशिक अस्पतालको आकस्मिक कक्षमै पुगेर शव नियन्त्रणमा लिएको थियो।

अनुसन्धान गर्दै जाँदा चिन्तामणिकै परिवारजन हत्यामा संलग्न रहेको प्रहरीले पाएको थियो। त्यसपछि उनका श्रीमान अनिल, ससुरा राधाकृष्ण, सासु कमला र नन्दु पुनितालाई पक्राउ गरेको हो। उनीहरू त्यो दिनदेखि भाग्दै आएका थिए।

उनीहरूलाई जनकपुर महानगरपालिका–४ पेठिया बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ। काठमाडौँ प्रेशबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।