समाचार

विधालय विधालय जस्तो हुनु पर्छ घर जस्तो होईन

नरेन्द्र महतो गौशाला १९ माघ । विधालय विद्वायाको मन्दिर भएकोले सफा सौन्दर्य, फुल गुलहरु लगाउनु विधालय र विधार्थीहरुको लागि राम्रै हुन्छ । तर महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा ३२ वटा सामुदायिक विधालय रहेका छन।

गौशाला न। पा। ले सबै विधालयलाई एकै दृष्टिकोण बाट हेरिन्छ तर कमै विधालयहरु सफा सुघर र फुल गुलले रगिं चगिंले भरिभराउ रहेको हुन्छ ।

गौशाला न. पा. वडा न. ८ मा रहेको श्री वीरेन्द्र माध्यमिक विधालय वेलगाछि हरेक दृष्टिकोणले फरक रहेका छन । उक्त विधालयको प्र.अ. भरत प्रसाद सिंह दोषि छन। उहाँको सोच र दृष्टिकोले गर्दा विधालयमा पढाइ लेखाइ , कक्षा कोठा , प्रयोग शाला तथा औफिसको सजावटले गर्दा गाउँका अभिभावक तथा समाजसेविहरु धेरै खुशि भएका छन ।

निजि विधालयमा नभएका सिस्टम सामुदायिक विधालयमा लागू गरेर नमुना विधालयको मान्यता पाउने छन, पढाइ लेखाइ गुण स्तरीय भएको कारण अभिभाव,नगरपालिका तथा शिक्षा प्रेमि पनि खुशि भएका छन।

विधालयलाई हरेक किसिम बाट न. पा. ले सहयोग गर्दै आईरहेकाले म ईमान्दारीका साथ हरेक पक्षलाई मिलाएर विधालयको उन्नति, प्रगति र विधार्थीहरुलाई गुण स्तरीयको लागि अझै दिन रात लागेको प्र. अ. भरत प्रसाद सिंह दोषिले बताए । तर विधालयमा रहेका छानाहरु धेरै पुरानो भएकोले त्यसलाई बदलेर नयाँ कोठा भवन वनाउनको लागि न. पा. सँग अनुरोध गरेको सिंहले जनाए। तर न। पा। मा अरु विधालयहरु रहेका छन ।

प्र. अ. हरुले इमान्दारी साथ कर्तव्य निर्वाह नगरेको कारण विधालयहरुको स्तर तल झरिरहेको सिंहको कथन थियो।शिक्षक समस्या एउटा गौशाला न. पा. मा मात्र नभएर प्राय :  देश भरिका विधालयहरुमा रहेका छन तसर्थ शिक्षकको कारण विधार्थीहरु गुण स्तरीय नभएको कुरो गल्त रहेको छ ।

त्यहि शिक्षकहरु निजि विधालयमा पढाउदा कसरी गुण स्तरीय विधार्थी हुन्छ प्रति सिंहले प्रश्नन गरे रु शिक्षा पेशा भनेको सेवा हो भने प्र.अ. लगायत शिक्षक शिक्षिकाहरुले आफै बुझ्नु पर्छ

अरु विभागको जागिर जस्तो बुझेर कार्य गरेमा कहिल्यै नगरपालिका भरिका विधालयका विधार्थीहरुमा सुधार आउन सक्दिैन तसर्थ एक शिक्षकको नाताले मात्र नभई एक अभिभाकको नाताले विधालय र विधार्थीहरु प्रति सोचे कुनै विधालयको स्तर तल झर्न नसकने सिंहले बताए । विधालयको वतारवण देखि लिएर पढाइ लेखाइ सबै विधालय जस्तो हुनु पर्छ घर जस्तो होईन ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।