नरेन्द्र महतो र गौशाला १३ माघ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेको सर्वजानिक शौचाल्यको अवस्था अस्त व्यस्त रहेका छन ।
यस नगरपालिका अन्तर्गत सात वटा वजारहरु जस्तै गौशाला वजार, कान्तिवजार, वीरेन्द्र वजार, ईमलिवजार, सुर्तीविकास र जमुनिया वजारहरु रहेका छन प्राय वजारहरुमा शौचाल्य छैन यदि कहि छन भने सफासुधरको नहुनुको कारण झिर्ण अवस्थामा रहेको छ । साईडका वजारहरु ठेका पट्टा लागे पनि वजार दिनहुँ सरसफाई नभएको कारण ईमलि वजार दुर्गन्धित बनेका छन ।
शौचालय र वजार सफा सुधार गर्नको लागि सम्बन्धित व्यक्तिलाई जानकारी गराए पनि कुनै चासो नलिएका वडा न. १० वस्ने फेकन यादवले बताए।
गौशाला नगरपालिका दिशा मुक्त कागजमा मात्र घोषणा भएका छन ।कयौं वजारमा शौचाल्य नभएको कारण सेवा ग्राहीहरु लाजले दिशा, पिसाव बाटो गर्न बाध्य हुन्छ यादवले बताए ।गौशाला नगरपालिकमा जति आम्दानि रहेको छ त्यस अनुसार वजारहरुको विकास हुन नसकेकोमा कान्तिवजारका व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन ।
स्थानिय निकायलाई संघियसरकारले यति अधिकार तथा वजेट दिएको भए पनि विकास नहुनु गौशाला नगरपालिकाको लागि दुर्भाग्य विषय भएको चिनि मिल वजारका व्यापारिहरुले बताए । सफा सुधार स्वास्थ्यको लागि लाभदायक भए पनि गौशाला नगरपालिका फोरहरमय बन्दै गईरहेकोमा आम सर्वसधारणहरु चिन्तित बनेका छन ।
