नबिन दहाल इटहरी १२ माघ । उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानलाई सफल पार्न उपमहानगरपालिकाको वडा नम्बर १७ ले आफ्नो वडालाई बालमैत्री वडा घोषणा गर्ने प्रक्रिया सम्बन्धमा उपमहानगरपालिकाका सम्बन्धीत पदाधिकारी लगायत सरेकारवालाहरुसँग छलफल तथा अन्र्तकृया कार्यक्रम गरेको छ ।
वडा भित्रका बिभीन्न टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरु तथा टोलस्तरीय महिला समूह सञ्जालका पदाधिकारी तथा सदस्यहरु नगर बाल क्लब ईटहरीका प्रतीनिधी , स्थानिय विद्यालयहरुका प्रधानध्यापकहरुको सहभागितामा भएको छलफल कार्यक्रममा बाल अधिकार, बालमैत्री घोषणका लागि पूरा हुनुपर्ने सूचकाङ्कहरु पुरा भए नभएको बारेमा छलफल गरीएको थियो ।
वडामा बालमैत्री कार्यक्रम तय गरी भई बालसंरक्षणका अभियानहरु सञ्चालन भईसकेको इटहरी उपमहानगरपालिका वडा नं १७ प्रमुख भगवानलाल शाहले बताएका छन् ।

बालबालिका समाजका महत्वपूर्ण अंग भएकाले उनीहरुको संरक्षण गर्दै वडालाई बालमैत्री बनाउनु स्थानीय तहको कर्तव्य भएको उनले बताएका छन। कार्यक्रममा बालमैत्री स्थानीय शासनका सूचकहरु धेरै जसो पूरा समेत भईसकेको र केहिबाकि भए त्यसलाई पनि अबिलम्ब पुरा गरी वडालाई बालमैत्री घोषणा गरीने समेत शाहले बताए । त्यसका लागि एस ओ एस र बाल क्लबले बिशेष प्रकारको सहयोग गर्नुका साथै सो अभियानमा संगसंगै हातेमालो गरिरहेको शाहको भनाई छ ।
वडालाई बालमैत्री बनाउनका लागि केही मूख्य किसिमका प्रक्रियाहरु पुरा भैसकेको र वडा वालमैत्री घोषणाको अन्तीम चरण्मा रहेको र वडालाई बालमैत्री बनाउन बिभिन्न स्थानमा अनुगमन गरी कार्यलाई तिव्रता दिएको समेत शाहले बताए ।
बालबालिकाको संरक्षणका लागि सबै नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई बालमैत्री बनाउनु पर्ने नेपाल सरकारको निति रहेको छ । यसै अन्र्तगत अन्य वडाहरुमा पनि काम भईरहेको इटहरी उप—महानगरपालीकाले जानकारी दिएको छ ।
