स्वास्थ्य-जीवनशैली

बिहान उठ्ने बित्तिकै गर्नुहुदैन यि कुराहरु

मानिसहरुले बिहानैको राम्रो साइत परे दिनभर राम्रो हुने विश्वास मान्छन् । त्यसैले बिहानको साइतले उक्त दिनको नजिता आउने विश्वास गरिन्छ त्यसैले धेरैले विहानको सयमलाई जति सक्दो शुभ बनाउने प्रयास गर्ने गर्दछन ।

बिहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

बिहानको समयमा मानिसको शरीर अल्छी हुन्छ । शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।

उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्विमानी हुन्छ।

बिहान बिहान सहवास गर्‍यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक ऊर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन ।

बिहान बिहान  बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने उनीहरुको भनाइ छ ।बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।