समाचार

बर्दिबास बस दुर्घटना एकको मुत्यु १८ जना घाइते

महोत्तरी २२ पुस ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ५ स्थित टुटेश्वर चोकमा मंगलवार बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

मुत्यु हुनेमा मनरासिस्वा नगरपालिका १० बस्ने नेपाली काँग्रेस महोतरीका महासमिति सदस्य ललन कुमार राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुष्ण अधिकारीले बताए । गम्भीर घाईते भएका रायलाई उपचारको लागि धरान लगिँदै गर्दा बाटोमै मुत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गमा रोकिराखिएको ट्रकमा काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बस ठोकिएर दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् । ना ५ ख ६४११ नम्बरको गंगोत्री बस ना ४ ख९८१३ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको हो ।

मंगलबार बिहान ५ बजे उखु लोड भएको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ११ जनाको अवस्था चिन्ताजनक छ । घाइतेहरुको बर्दिबासमा रहेका जनसेवा, सीटी अस्पताल र शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।