समाचार

जनकपुरधाम टिपरको ठक्करबाट महिलाको मृत्यु

जनकपुरधाम १९ पुस ।  टिपरको ठक्करबाट जनकपुरधाममा एक महिलाको मृत्यु भएको छ।

शनिबार टिपरको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ की अन्दाजी ४५ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।

ठाकुर मन्दिरबाट पूजा गरेर घर फर्किने क्रममा ना १ क ४५०९ नम्बरको टिपरले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ पगलाबाबा धर्मशाला नजिक ठक्कर दिएको धनुषा प्रहरीले जनाएको छ।

ठाकुरको उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। देश सञ्चारबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।